मोटोपना घट्दा फर्किन्छ निद्रा र खुसी!!!



सरीरको बोसो घटाउँदा केवल शारीरिक स्वास्थ्यमा मात्र लाभ पुग्दैन यसले मानिसको निद्रा तथा खुसीमा समेत सकारात्मक प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । अमेरिकी शोधकर्ताहरुका अनुसार तौल घटाउँदा मानिसको रातको निद्रा राम्रो हुनुका साथै मान्छेको मूड समेत फ्रेस हुन्छ ।

अध्ययनका क्रममा मोटोपनाबाट ग्रसित वयस्कहरुले आफ्नो सरीरको तौल ५ प्रतिशत सम्म घटाउँदा पनि ६ महिनामै उनीहरुको निद्रा राम्रो तथा लामो भएको पाइयो । पेन्सील्भेनिया विश्वविद्यालयका शोधकर्ता नसरीन अलफारिसका अनुसार आफुहरुको पछिल्लो अधययनले वजन नियन्त्रण र निद्राबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गरेको बताए ।

शोधकर्ताहरुले आफ्नो अध्ययनमा ३९० जना मोटे महिला तथा पुरुषलाई २ वर्षसम्म सहभागि गराएका थिए । उनीहरुलाई तिन समूहमा बाँडेर भिन्नाभिन्नै सामाग्री, परामर्श, खानपान तथा व्यायाम प्रदान गरिएको थियो । त्यसक्रममा शोधकर्ताहरुले उनीहरुको तौलमा आएको परिवर्तन, निद्राको समय र गुणस्तर तथा उनीहरुको मूडको परीक्षण गरे, ६ तथा २४ महिनापछि ।

त्यसक्रममा ६ महिनामै आफ्नो वजनको ५ प्रतिशत धटाएकाहरु रातमा औषतमा २१.६ मिनेट बढि निदाउन सक्ने भए जबकी ५ प्रतिशत भन्दा कम तौल घटाएकाहरुको निद्रा केवल १.२ मिनेटले मात्र बढ्यो । बढि तौल घटाउनेहरुमा निद्राको गहिराई, गुणस्तर तथा मूडमा समेत सुधार आएको पाइयो ।