कोइरालालार्इ श्रद्धाञ्जली दिन स्वराज अाजै आउने!!! http://bhadragoolsansar.

काठमाडौं: कांग्रेस सभापति सुशील कोइरालाको अन्तिम संस्कारमा सहभागी हुन भारतीय विदेशमन्त्री सुष्मा स्वराज मंगलबार नै नेपाल आउने भएकी छन्। 

काठमाडौस्थित भारतीय दूतावासका अधिकारीहरुले विदेशमन्त्री स्वराज नेपाल आउनेबारे छलफल भएको र उनी अाजै नेपाल अाउन लागेको दूतावासका एक अधिकारीले अन्नपूर्ण अनलाइन जानकारी दिए ।


भारतीय दूतावासले कोइरालाको दु:खद निधनप्रति शोक व्‍यक्त गरेको छ। 'कोइराला परिवार र नेपालका मित्रहरु प्रति हामी समवेदना व्‍यक्त गर्दछौँ' दूतावासले आफ्नो फेसबुक पेजमा लेखेको छ।

मंगलबार बिहानै ट्विट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोकसन्तप्त कोइराला परिवार र नेपाली जनताप्रति समवेदना पनि व्‍यक्त गरेका छन् ।

उनले कोइरालाको सरलताबाट सबैले पाठ सिक्नुपर्ने जनाएका छन्। कोइरालाको निधनबाट नेपाली कांग्रेस र मुलुकले एक शीर्ष नेता तथा भारतले बहुमुल्य मित्र गुमाएको मोदीले लेखेका छन्