विश्वकप क्रिकेटमा नेपालको लगातार दोस्रो जित, आयरल्यान्ड ८ विकेटले पराजित बंगलादेशमा जारी आइसीसी अन्डर नाइन्टिन बिश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा न्युजिल्याण्डलाई स्तब्ध पारेको नेपालले आज आयरल्याण्डलाई ८ विकेटको फराकिलो अन्तरले हराउदै लगातार दोस्रो जित दर्ता गरेको हो!
काठमाडौं, माघ १६ । बंगलादेशमा जारी आइसीसी अन्डर नाइन्टिन बिश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा न्युजिल्याण्डलाई स्तब्ध पारेको नेपालले आज आयरल्याण्डलाई ८ विकेटको फराकिलो अन्तरले हराउदै लगातार दोस्रो जित दर्ता गरेको हो ।
फतुल्लाहको खान शाहेब रंगशालामा आयरल्याण्डले प्रस्तुत गरेको १ सय ३२ रनको बिजयी लक्ष्य नेपालले २६ दशमलब ओभरमा २ विकेट गुमाउदै पुरा गरेको हो ।
नेपालकालागी योगेन्द्र कार्कीले नटआउट ६१ र सर्बाधिक ओपनर सन्दिप सुनार पहिलो बलमै डक आउट भएपछी नेपालको सुरुवात राम्रो हुन सकेको थिएन तर त्यसपछी सुनिल धमला टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएपछि नेपालले सामान्य बिजयी लक्ष्य पाएको हो ।
नेपाली बलर सन्दिप लामिछानेले ह्याट्रिकसहित कुल ५ विकेट लिएपछि आयरल्याण्ड सस्तैमा समेटिएको हो । सम्हालिएको सुरुवात गरेको आयरल्याण्डले पहिलो विकेट ३९ रनमा गुमाएको थियो तर नेपाली बलरहरुले त्यसपछि सनसनीपूर्ण खेल प्रस्तुत गरे ।
४८ रनमा ३ विकेट गुमाई सकेको आयरल्याण्डले त्यसपछि सम्हालिने कोशिश गरेको थियो तर ३२ औं ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिँदै सन्दिप लामिछानेले ह्याट्रिक गरेपछि आइरिस इनिङ ध्वस्त भएको हो ।
३९ औं ओभरमा ९२ रन बनाउदा ८ विकेट गुमाइ सकेको आयरल्याण्डले त्यसपछि धैर्यता देखाउँदै पुरा ५० ओभर खेलेको हो । नेपालका लागी दीपेन्द्र सिंह ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले थप १–१ विकेट लिए ।
सन्दिप लामिछाने अन्डर नाइन्टिन बिश्वकपमा ह्याट्रिक पुरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघी अबिनाश कर्णले यो सफलता पाएका थिए

