भारतसँगको खेल अघि नवयुग श्रेष्ठलाई प्रेमिकाले दिएको शुभकामना पढ्नुस् नवयुगकी प्रेमिकाले दिएको प्रेमिल शुभकामना!!!
पछिल्लो समयमा नवयुग श्रेष्ठलाई नचिन्ने फुटवल प्रेमी कमै होलान् । पछिल्ला ३ अन्तराष्ट्रिय खेलमा ३ वटै ह्याट्रिक गरेका यी इलामे ठिटाले आज भारतसँग हुने खेलमा कत्तिको जादु देखाउन सक्छन् यो हेर्न नेपालीहरु खेल शुरु हुने समय कुरिरहेका छन् ।
हिँजो भ्यालेन्टाइन्स डेको दिन नवयुगलाई उनकी प्रेमिका सरला श्रेष्ठले शुभकामना दिएकी थिइन् । उनले नवयुगलाई फेसबुकमा शुभकामना दिँदै आफ्नो ‘ सपनाको जादुमयी राजकुमार’ भनेकी छिन् ।
नवयुगले पनि आफ्नो फेसबुकबाट आफ्नो ‘भाग्य, मायाँ र सवथोक’ तिमी भनेका छन् ।
प्रेमिका सरला मात्र नभएर यतिबेला धेरै नेपालीले नवयुगलाई गोलको शुभकामना दिइरहेका छन् ।
आशा गरौं प्रेमिकाको प्रेमपूर्ण भ्यालेन्टाइन्स शुभकामना र नेपालीहरुको कामनाले नवयुगले नेपाललाई नवयुगमा पुर्याउन सक्नेछन् ।
तस्विर साभारः नवयुग र सरलाको फेसबुक