जनवादी क्रान्तिको नारा दिने ‘सर्वाहारा’ कमरेडकी छोरीको यस्तो बिहे एकीकृत नयाँ जनवादी क्रान्तिको नारा घन्काएर ‘छापामार’ शैलीमा आक्रमणका घटना दोहोर्याउँदै आएको पार्टीका मुख्य नेताकी छोरीको बिहे चर्चाको विषय बनेको छ

काठमाडौं, १४ माघ । नेपाली कम्युनिष्ट आन्दोलनमा आफूलाई सबैभन्दा ‘क्रान्तिकारी’ ठान्ने एक नेताले आफ्नो छोरीको विहेमा लाखौंको खर्च गरेका छन् ।
बाबुराम, प्रचण्ड र वैद्यको आलोचना गरी ‘एकीकृत जनवादी क्रान्ति’को कार्यदिशा अँगालेर संघर्षमा होमिएको भन्दै आएका नेकपा माओवादीका संयोजक नेत्र विक्रम चन्द विप्लवले लाखौं खर्च गरेर छोरीको विहे गरेका हुन् ।


माथिको तस्वीरमा देखिएकी नवदुलही विप्लवकी छोरी हुन् । नवदुलहीको श्रृंगार र गहना हेर्दा छोरीलाई सुनैसुनले ढाक्न कहाँबाट पैसा आयो भन्ने प्रश्न पनि उब्जिन्छ । किनकि विप्लव आफूलाई सर्वाहारा नेता ठान्छन् ।
विप्लवले छोरी सन्जु चन्दको बिहे सुनसरी निवासी विनोद लुईंटेलसँग गरिदिएका छन् । लुईंटेल नेकपा माओवादीसम्बद्ध अखिल क्रान्तिकारी अस्कलका अध्यक्ष हुन् ।
विप्लवका परिवार तथा नजिकका आफन्तहरुको उपस्थितिमा विवाह भएको थियो ।
तस्वीरबाटै प्रष्ट हुन्छ कि विप्लवले आफ्नी छोरीको विहेमा कति खर्च गरे हालान् । विहे समारोहमा माओवादी नेताहरु उपस्थित भएको स्रोतले बताएको छ ।
जनयुद्ध कालमा कम खर्च गर्न लगाउने नेता आज आएर आफैले महंगो खर्चमा छोरीको विहे गरेका हुन् ।