सरकार सञ्चालनमा सहयोग गर्न एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा गठन गरिएको उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक सिंहदरबारमा शुरु भएको छ ।
सरकारका काम कारवाही र मधेसी मोर्चासँग भएका वार्ताका बारेमा छलफलका लागि बैठक डाकिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा भारतले लगाएको नाकाबन्दी, मधेसी दलसँगको वार्ता संबिधान संसोधनपछिको परिस्थिती बारे छलफल हुनेछ । माओवादीले ओलीलाई एकल मान्यताबाट निर्दे्शित भई सरकार नचलाउन र संयन्त्रको विचार र निर्णयलाई सम्मान गर्दै अघि बढ्न आग्रह गरेको छ ।
प्रचण्डले केही दिनयता ओलीका अभिव्यक्ति र केही कार्यबाट आफूले समेत असहजता भोग्नुपरेकाले अब महत्वपूर्ण विषयमा संयन्त्रमार्फत अगाडि बढ्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले कहिले भारत त कहिले चीन जाने कुरा र त्यसका पूवसर्तबारे फरकफरक टिप्पणी गरेको विषयमा समेत माओवादीले असन्तुष्टि राखेको छ । दाहालले हिजो ओलीलाई भेटेर आफनो दलको असन्तुष्टि राखेका थिए ।
एमाओवादीले प्रधानमन्त्रीलाई सोध्यो भारत कि चीन ?