नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाली कांग्रेसको महाधिबेशन पश्चात सरकार परिवर्तन हुने बताएका छन् ।
भक्तपुरमा आयोजित साक्षतकार कार्यक्रममा विजुक्छेले नेपाली कांग्रेसको महाधिबेशन पश्चात काँग्रेसको नेतृत्वमा मधेशबादी दल, एनेकपा माओबादी र अन्य दलसहितको सरकार निर्माण हुने सम्भावना अत्याधिक रहेको बताए ।
उनले हालै गरिएको संविधान संशोधन भारतको दबाबमै भएको टिप्पणी गर्दै नेपालमा फेरी सुगौली सन्धीको पुनराबृत भएको बताए । नेपालका विभिन्न महत्वपूर्ण पदमा रहेका २२ हजार पदाधिकारीहरुले भारतको तलब खाएर नेपालीको भन्दा भारतको भक्तिमा लाग्नुका साथै नेपालका सम्पूर्ण सुचना भारतलाई उपलब्ध गराउने गरेको उनको भनाइ थियो ।
हालसम्म सरकारमा गएका दल र प्रधानमन्त्री बनेकाहरुकै कारण नेपालमा भ्रष्ट्राचार मौलाएको र चुनाब ताका कार्यकर्तालाई दिएका गलत आश्वासन पुरा गर्न गलत काम गर्ने परम्पराले नेपालमा भ्रष्ट्राचार घट्नुका साट्टो बढेको उनको दाबी छ ।
तराई आन्दोलन संबिधान संशोधन गरेर केहि शान्त भएता पनि अब मागहरु एक एक गरिँदै थपिँदै जाने र भारतले इशारा नगरे सम्म शान्त नहुने समेत उनको भनाई छ
विजुक्छेले तोके ओली सरकार ढल्ने मिति संविधान संसोधन गर्दा भएको डरलाग्दो खेलको पनि खुलासा