तीनकुनेमा बसले मोटरसाइकललाई हान्यो!!!!
काठमाडौं : काठमाडौंको तीनकुनेमा एक रात्रिबसले शनिबार दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् ।
धरानबाट काठमाडौं आएको ना ५ ख ४७८४ नम्बरको रात्रि बसले सिनामंगलबाट कोटेश्वरतर्फ गइरहेको बा ५ख ८५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सन्देश कार्की गम्भीर घाइते भएका हुन्
बसको ठक्करबाट मोटरसाइकल क्षतिग्रस्त भएको छ भने चालक मोटरसाइकलबाट उछिटिँदा दुबै कानबाट रगत आएको अवस्थामा उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको छ ।

