नाकाबन्दी नखुलेपनि ओली दिल्ली जान खोज्नुको रहस्य यसरी सफल भयो मोदीको हतियार!

नेपालमा सत्तामा चढ्न र त्यहाँ टिक्न दक्षिणको आशिर्वाद अनिवार्य मानिन्छ । दिक्षणी छिमेकी भारतले मन नपराएको कुनै पनि ब्यक्ति नेपालको सत्तामा पुग्नै नसक्ने र पुगिहाले टिक्नै नसक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भारतले नचाहँदा नचाहँदै सत्तामा पुगे । तर उनलाई सत्तामा टिक्न भने धौ धौ परिरहेको छ ।

नाकाबन्दी खोल्ने आश्वासन पाएपछि संविधान संशोधन गर्न तयार भएका प्रधानमन्त्री केपी ओलीले त्यसपछि पनि नाका नखुलेपछि नाका नखोली भारत भ्रमण नगर्ने बताएका हुन् । संविधान संसोधन लगत्तै भारतले दुई लाइनको विज्ञप्ती जारी गरेर संशोधनको स्वागत गरेपनि मुख्य नाका खुल्न सकेको छैन । ओलीको अडान बारे भारतीय विदेशमन्त्रालयले अनविज्ञता प्रकट गर्दै ओली जे जसो भएपनि छिट्टै भारत आउने जानकारी पाएको रुखो प्रतिक्रिया दिएको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकाश स्वरुपले विहीबार पत्रकार सम्मेलनमा भने, “नेपालका प्रधानमन्त्रीलाई गत अक्टोबरमै भारत भ्रमणको निम्तो दिएको हो, उहाँ अव छिट्टै भारत आउने भन्ने हामीलाई बताइएको छ, अन्य शर्तबारे केही जानकारी छैन”

ओली आक्रामक अभिब्यक्ति भएका नेता भएपनि सन्तुलित राजनीतिमा कमजोर देखिन्छन् । त्यसैकारण उनलाई झुकाउने पछिल्लो रणनीति भारतले नाका नखोली उनलाई भारत भ्रमणमा पुर्‍याउने बनाएको जस्तो देखिएको छ ।

नझुक्ने भन्दै झुक्न तयार भएका ओली


सुशील कोइरालालाई प्रधानमन्त्रीमा टिकाएरै छोड्ने भारतीय रणनीति असफल बनाएर प्रधानमन्त्री बनेपनि सत्तामा कायम रहन ओलीले प्रधानमन्त्री बने देखि लामो समय सम्म भारतसँग नरम बोली र ब्यवहार कायम राखेका थिए । तर जव भारतले आफू सत्तामा आएपछि लामो समय सम्म आफ्नो अपेक्षा विपरित नाकाबन्दी कायम राख्यो तव भने ओली आक्रमक बने र पहिलो विदेश भ्रमण भारत गर्नै पर्ने कारण नभएको बताए । कमल थापालाई २ पटक सम्म भारत पठाएर पनि नाकबन्दी खोल्न असफल भएका ओली अव आएर भने पहिलो विदेश भ्रमण चीनको गर्ने मनस्थिति समेत देखाए (जुन देखावटी सावित भयो) । उनको बोली र परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणपछि भारत झस्कियो र नरम नीति अख्तियार गर्‍यो । तर फेरि नेपालमा संविधान संसोधन भएपछि भने भारतले पुरानै रबैया देखाएको छ । भारतीय नाकाबन्दी नखुले सम्म भारत भ्रमण गर्दिन भन्ने प्रधानमन्त्रीलाई भारतले नाका नखोली भारत भ्रमण गर्न बाध्य तुल्याउने रणनीति अख्तियार गरेको संकेत समेत देखिएका छन् ।



प्रधानमन्त्रीले आफ्नो अडान पुरा भएपनि नभएपनि अव भारत जाने मनस्थिति बनाएको संकेत देखिएको छ । ओली आगामी तीन साताभित्रै भारत भ्रमणमा जाने र त्यसको तयारीा लागि अर्थमन्त्री विष्णु पौडेल आउँदो साता भारत जाने परराष्ट्र मन्त्रालयका अधिकारीहरुले खुलासा गरिसकेका छन् । पहिले चीन जाने भनेर भारतलाई घुर्काएका प्रधानमन्त्री ओलीले भारतबाट फर्किए लगत्तै चीन भ्रमणमा जाने कार्यक्रम तय गरेका छन् । शुरु शुरुमा निक्कै उग्र राष्ट्रवादी बनेर ‘अनुचित दवाव सामु झुक्दिन’ भन्ने गरेका प्रधानमन्त्री ओली अन्ततः आफ्नै अडान छोडेर भारत जाने मनस्थितिमा पुगेको उनका आलोचकहरुको भनाइ छ ।

किन गले ओली ?

प्रधानमन्त्री ओली भारत विरोधी र भारतले मन नपराएका नेता होइनन् । तर संयोग प्रधानमन्त्रीको चुनाव हुने समयमा ओलीलाई राष्ट्रियताका प्रतिक र उनका प्रतिद्वन्दी कांग्रेस सभापति सुशील कोइरालालाई भारतीय हस्तक्षेपको गोटीकोरुपमा स्थापित गरियो । यद्यपी कतिपयले त ओलीले प्रधानमन्त्री बन्नु अघि नै भारतसँग कुनै गोप्य डिल त गरेनन् भनेर समेत प्रश्न नउठाएका भने होइनन् । मधेश आन्दोलनकै कारण देखाएर भारतले नेपालको नयाँ संविधानलाई स्वागत गरेन । बरु उल्टो अघोषित नाकाबन्दी लादेर कोइराला सरकारलाई कुटनीतिक र राजनीतिकरुपमा असफल सिद्ध गरदियो । त्यसपछि आएको ओली सरकारलाई पनि करिव करिव असफल सिद्ध गरिसकेको छ ।

आफैले संविधान संसोधन प्रस्तावलाई स्वागत गर्ने तर त्यो संसदबाट पारित भएपछि भने स्वागत नगर्ने भारतीय रबैया बुझि नसक्नु छ । आफूले भने जस्तो नभए ओली सरकारको विकल्प खोज्न भारतले गोटी चालेपछि कांग्रेस महाधिवेशन अगाडी नै भारत भ्रमण गर्ने मनस्थितिमा ओली पुगेको विश्लेषकहरु बताउँछन् । कांग्रेस महाधिवेशनपछि ओली सरकार ढल्ने चर्चा चुलिएको छ । आफ्नो सत्ता जोगाउनका लागि भारतसँग झुक्नुको विकल्प नदेखेपछि ओलीले आफ्नै अडान त्यागेर पनि भारत भ्रमणमा जाने मनस्थिति बनाएको भित्री श्रोत बताउँछ ।