मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध, दुइ ट्रक पुरिए!!


सडक विस्तारका क्रममा मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत चितवनको चण्डिभञ्ज्याङ सात कालिखोलामा बिहीबार राति पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

पहिरोमा ना३ख छपन्न शून्य दुई नम्बरको मालवाहक ट्रक र भारतीय नम्बर प्लेटको एचआर ५५ के तेइस उनान्तीस नम्बरको ट्रक पुरिएको छ । पहिरोमा मोटरसाइकल पनि पुरिएको हुनसक्ने स्थानीयले बताएका छन् 
पहिरो पन्छ्याउन प्रहरी टोली घटनास्थलमा पुगे पनि पहिरो आउने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ