मधेसी मोर्चाले गरेको आन्दोलन तुहिएको दाबीझापा, १६ माघ । एमालेको भातृ संगठन युवा संघ नेपालले आगामी फागुन ७ गतेदेखि भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चार मुख्य माग राखेको छ ।
शनिबार झापामा आयोजित युवा संघको ८ औं जिल्ला अधिवेशनको उदघाटन गर्दै युवा संघ नेपालका राजीव पहारीले भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीसँग चार ठूला माग राखेको जानकारी दिनुभयो ।
‘भारतसँग भएका असमान सन्धी खारेज गर्नुपर्ने, १९५० को सन्धि पनि खारेज गर्नुपर्ने, सिमानामा काँडेतार गर्नुपर्ने, सीमा सिल गर्नुपर्ने, भारतले उताबाट प्रवेश पास व्यवस्था गरेछ, नेपालले वर्क परमिट कायम गर्नुपर्छ भन्ने माग प्रधानमन्त्री समक्ष राखेका छौं,’ पहारीले भन्नुभयो- ‘उहाँ(प्रधानमन्त्री)ले भारतीय प्रधानमन्त्री मोदीसँग यी विषयमा कुरा उठाउने बचन दिनुभएको छ ।’
अध्यक्ष पहारीले देशमा भारतीय हस्तक्षेप बढेको भन्दै यी चार मुद्दा तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । समारोहमा बोल्दै पहारीले मधेसी मोर्चाले गरेको आन्दोलन तुहिएको दाबी गर्नुभयो । ‘युवा संघको अभियानले आन्दोलन पुरै सुकेको छ । आन्दोलन आफ्नो हितमा नभएको कुरा जनताले बुझिसके । अब मधेस क्लियर हुन्छ । भारतका एजेन्टहरु असफल भइसके ।’
उहाँले मधेसमा रहेको अन्ध विश्वास, भ्रष्टाचार, कुशासन कायम राख्न आन्दोलन गरिएको आरोप लगाउनुभयो । ‘मधेसका कार्याहरुमा सचिवहरुले लाखौं भ्रष्टाचार गरेका छन्, जेष्ठ नागरिकको वृद्ध भत्ता वितरण नगरेर आफै खाएका छन् । यी विषयमा खै मधेसवादी दलले आन्दोलन गरेको ? यो आन्दोलत यस्ता कार्यको बचाउका लागि गरिएको हो,’ पहारीले भन्नुभयो ।
जिल्ल अधिवेशनलाई मेचीका इन्चार्ज तथा नेकपा एमालेका केन्द्रीय हिक्मत कार्की, युबा संघ नेपालला केन्द्रीय सचिब पर्शुराम बस्नेत, स्थायी कमिटी सदस्य तथा प्रबक्ता प्रभात बिक्रम कटबाल, झापा इन्चार्ज तथा सभासद रबिन कोइराला, नेकपा एमाले केन्द्रीय सदस्य भाष्कर काफ्ले, झापा पार्टी अध्यक्ष चिन्तक पाठ्क आदिले सम्बोधन गर्नुभएको थियो ।
युबा संघ नेपालका केन्द्रीय सचिबालय सदस्यहरु राजु कार्की, छितिज थेबे, दुर्गा गौतम, शुशिला बदुवाल, केन्द्रीय सदस्यहरु मुना शर्मा, श्याम पाठक लगायत नेताहरुको उपस्थित रहेको थियोे ।