कला हो सेक्स नशा र साइजको भ्रम केही आम यौन समस्या

बीचबीचमा स्पिड कम गरेर गफगाफ गर्दै विश्राम लिन सकिन्छ । जसले समय लम्बिन्छ र दुवैलाई चरमोत्कर्षमा पुग्न सघाउँछ ।'


यद्यपि, लामो समयसम्म सेक्स गर्न सक्नुले यौन जीवन सुखद हुने होइन भन्छन्, डा. बद्रीप्रसाद भट्टराई । 'कसरी बित्यो समय भन्ने हुन्छ,' उनी भन्छन्, 'दुईतीन मिनेटमै दुवैजना सन्तुष्ट हुन्छन् भने त्यो सफल यौनसम्पर्क हो। दुवै जना सन्तुष्ट हुनुपर्यो्। लामो समय गर्ने भनेर यौनांगमा घाउ लिएर आउनेहरू पनि छन् यहाँ ।'

***

काठमाडौँ मेडिकल कलेज (केएमसी हस्पिटल) का छाला तथा यौन रोग विशेषज्ञ डा. रूपक घिमिरेका अनुसार धेरैजसो यौन समस्या मानसिक कारणले हुन्छन् । 'यौन रोग दुई प्रकारका हुन्छन्,' उनी भन्छन्, 'सर्ने र नसर्ने खालका । नसर्ने रोगलाई यौन समस्या भन्छौँ । यस्ता समस्या मूलतः बानीका कारणले हुन्छन् । मानसिकताले असर पार्ने हो यसमा । मानसिक समस्या भन्नेबित्तिकै डराएर भाग्ने कारणले समस्या झन् बल्झिन्छ ।' सामान्य जानकारीको अभावमा यौनजीवन सुखद बन्न नसकेर धेरैको दाम्पत्य जीवन खलबलिएको देखेका छन् उनले ।

केएमसीकी मनोचिकित्सक डा. रचना शर्मा बस्नेतका अनुसार मानसिक समस्या र यौन जीवन अन्तरसम्बन्धित छन् । त्यसैले दुवैजना मानसिक रूपमा तन्दुरुस्त हुनसके मात्र यौनजीवन रोमाञ्चक बन्न सक्छ । 'नत्र पीडा बाहेक केही हात लाग्दैन,' उनी भन्छिन्, 'आफू मानसिक रूपमा सन्तुलित भएर पार्टनरको चाहना बुझिदिने, एकापसमा सम्मान कायम राख्दामात्र यौनजीवन सन्तुष्ट हुने भएकाले सेक्सलाई कला नै भन्नुपर्छ ।'

पार्टनरको मनोविज्ञान बुझ्न नसक्दा दुर्घटना निम्त्याएका जोडीहरू पनि छन् । ४३ वर्षका राघवेन्द्र (नाम परिवर्तन) लाई आफू बूढो भइसकेँ भन्ने लाग्दो रहेछ । 'यस्तो उमेरमा पनि के सेक्स गर्नु ?' भन्दै उनी त्यता ध्यानै दिँदैनथे । श्रीमतीको चाहनाको उनलाई पर्वाह थिएन । आफ्नो गल्ती उनलाई त्यस दिन महसुस भयो, जुन दिन उनले आफ्नी श्रीमती आफ्नै घरमा भाडामा बस्ने युवकसँग सल्केको थाहा पाए । आत्तिएका उनी अब के गर्ने होला भनेर डाक्टरसँग सल्लाह लिनपुगे । 'उहाँलाई आफू बूढो भइसकेको हुनाले सेक्स गर्न सक्दिनँ भन्ने लाग्दो रहेछ,' डा. रूपाखेतीले भने, 'उहाँलाई काउन्सिलिङ गरेर पुरानो दुर्घटना भुलेर श्रीमतीको चाहना बुझेर अघि बढ्न सुझाएपछि अहिले सामान्य छ । उहाँको आँट बढाउने खालको सामान्य औषधि पनि चलाउनुपरेको थियो ।' यौनका विषयमा भित्रभित्रै तरंगित हुने तर स्वस्थ बहस गर्न नचाहने समाजकै कारण दाम्पत्य जीवनमा बाधाहरू निम्तिएको उनी बताउँछन् ।

यौन सम्बन्धबाटै सुरु भएका धेरै कलह सम्बन्ध विच्छेदसम्म पुगेका घटना धेरै छन्, हाम्रो समाजमा । 'यौन प्राकृतिक आवश्यकता हो,' मनोचिकित्सक डा. बस्नेत भन्छिन्, 'पार्टनरलाई खुशी राख्न सक्ने क्षमता पनि चाहिन्छ सम्बन्धमा । यौन क्षमता बढाउने नाममा औषधिमा परनिर्भर हुनुभन्दा आफ्नो बानी परिवर्तन गर्न लाग्नुपर्छ । जुन बानीले पार्टनरलाई नजिकिन हौसला मिलोस् ।'


  • नशा र साइजको भ्रम

मदिरा पिएर सेक्स गर्दा लामो समय टिक्ने भ्रम व्याप्त छ । यो भ्रम मात्र हो भन्छन्, डा. घिमिरे । 'छाडा बनाउला तर पर्फर्मेन्स घटाउँछ,' उनी भन्छन्, 'त्यो भ्रम मात्र हो । धूम्रपान, मद्यपान, लागुऔषधले यौन क्षमता घटाउँछन् ।'

डा. विभाकर ठाकुरका अनुसार नशाले डरशंकोच घटाउने भएकाले धेरैले यसको मद्दत लिन्छन् । 'भय घटाएर खुल्न सघाउला । तर, त्यो क्षणिक मात्र हो,' उनी भन्छन्, 'मैले के गर्दा मेरो पार्टनर खुशी हुन्छ भन्ने बुझ्ने हो भने अरू केही गर्नुपर्दैन ।'

यौनांगको साइजको पनि भ्रम छ धेरैमा । 'सानो भयो भन्ने त धेरै आउँछन्,' डा. ठाकुर भन्छन्, 'तर, लिंग ठूलो भएर योनीमा पसेन भन्दै पनि आउने हुन्छन् । यस्तै एक युवक एकपटक मकहाँ आएका थिए । मैले चेक गरेँ । उनको लिंगको आकार सामान्य नै थियो । यो जोडीले सेक्सअघि गर्ने क्रियाकलापतिर ध्यान दिन सकेका रहेनछन् । श्रीमतीलाई उत्तेजित बनाउन नसक्दा उनको योनी सुक्खा हुने भएकाले त्यस्तो समस्या आएको थियो ।'

केही अपवादबाहेक अधिकांश साइजको गुनासो भ्रम मात्र हो भन्छन्, डा. हरिनारायण गुप्ता । उनका अनुसार योनीको मुख, लिंग र स्तनको आकारलाई देखाएर सम्बन्ध सुधार्नबाट पन्छिने निहुँ खोजिरहेका हुन्छन् मानिसहरू । 'यौनांगको आकारले सन्तुष्टि दिने होइन,' डा. गुप्ता भन्छन्, 'यौनानन्द दिने संवेदनशील भाग जुनसुकै साइजका अंगमा हुन्छन् ।'

यौन क्षमता बढाउने भनेर बजारमा पाइने प्रमाणित/अप्रमाणित धेरै औषधिको प्रयोग बढेको छ । औषधिले परनिर्भरता बढाउने र त्यसको साइड इफेक्टले अन्य रोग निम्तन सक्नेतर्फ सचेत हुन डाक्टरहरूको सल्लाह छ । डाक्टरको सल्लाहविना आफूखुशी औषधि प्रयोग गर्दा दुर्घटनाको जोखिम हुने उनीहरूको चेतावनी छ ।

यौनरोग विशेषज्ञ डा. सुबोधकुमार पोखरेलको भनाइमा शरीरले मात्र सेक्स गर्ने होइन । भन्छन्, 'मनले शरीर नियन्त्रण गर्ने हो । मनले नचाहे शरीरले के गर्न सक्छ र ? यौनानन्दका लागि योनीमा लिंग घुसाउनुपर्छ भन्ने छैन । कोही छोएर, सुमसुम्याएर, किस गरेर पनि सन्तुष्ट हुन सक्छन् । पार्टनरबीच मन र शरीर जुरेको संयोजन भए मात्र यौनकार्य सफल हुन्छ ।'
केही आम यौन समस्या
  • पुरुषमा
लिंग कडा नहुने
शीघ्र पतन
यौन इच्छा कम हुने
केहीलाई सामान्यभन्दा बढी यौन चाहना हुने

  • महिलामा

योनी सुक्खा हुने
यौन चाहना नहुने
सेतो पानी बग्ने
केहीमा यौन चाहना सामान्यभन्दा बढी हुने



  • यौन जीवन सुमधुर बनाउन

फोरप्ले पर्याप्त गर्ने
पार्टनरको समस्या र इच्छा बुझ्ने
भावनात्मक सम्बन्ध सुमधुर राख्ने
पार्टनरलाई मन पर्ने र मन नपर्ने कुरा थाहा पाएर त्यही अनुसार व्यवहार गर्ने
दुवैलाई सहज लाग्ने पोजिसन र स्थान अपनाउने
पोजिसन र स्थानमा नयाँपन ल्याउने