पाल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते


माघ १५, पाल्पाको जल्पा ८ मा विहीबार बेलुका जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । तानसेनबाट बहादुरपुरका लागि छुटेको लु १ ज २०६३ नम्बरको जीप दुर्घटना हुँदा बहादुरपुर ९ का ४८ वर्षीय जयबहादुर रानाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले उक्त दुर्घटनामा परि घाइते भएका चारै जनाको मिशन अस्पताल तानसेनमा उपचार भइरहेको बताएको छ
- See more at: http://dcnepal.com/news/news.php?nid=190089#sthash.7Qs7mW3m.dpuf