साउदी अरबमा ठुलो आक्रमण!!!


पूर्वी साउदी अरबको एक सिया मस्जिदमा नमाजको क्रममा गोलीबारी भएको समाचार छ। घटनामा परि तीन व्यक्तिको मृत्यु भएको छ भने अन्य कयौं घाइते भएका छन्।

यो आक्रमण पूर्वी शहर मेहसिनको इमाम रेजा मस्जिदमा भएको बताइएको छ।

सुरक्षा बलले तत्काल मस्जिद घरेका छन्। नमाजको लागि जम्मा भएकाहरुले एक आक्रमणकारीलाई आत्मघाती बम विस्फोट गराउन बाट रोकेको पनि समाचारमा बताइएको छ।

साउदी अरबमा चरमपन्थी संगठन इस्लामिक स्टेट सियालाई निशाना बनाउँदै आएको छ। डिसेम्बरमा शिया धर्मगुरुलाइ फाँसी दिएपश्चात सुन्नी र सिया समुदाय बीच तनाब बढेको हो