२०७२ साल माघ १५ गते शुक्रवार: आजको राशिफल
आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण शिशिर ऋतु, कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ १५ गते शुक्रवार नेपाल सम्बत ११३६ पोहेलागा,सन् २०१६ जनवरी २९ तारिक कृष्णपक्ष पञ्चमी तिथि अपरान्ह १ वजेर ३ मिनेटसम्म, हस्ता नक्षत्र १६ गते विहान ६ वजेर ३४ मिनेटसम्म,सुकर्मयोग राती ८ वजेर ४९ मिनेटसम्म, तैतिल करण अपरान्ह १ वजेर ३ मिनेटसम्म, आनन्दादियोग अमृत, सूर्य मकर राशीमा,चन्द्रमा कन्या राशीमा ।
श्रीसूर्य उत्तरायण शिशिर ऋतु, कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ १५ गते शुक्रवार नेपाल सम्बत ११३६ पोहेलागा,सन् २०१६ जनवरी २९ तारिक कृष्णपक्ष पञ्चमी तिथि अपरान्ह १ वजेर ३ मिनेटसम्म, हस्ता नक्षत्र १६ गते विहान ६ वजेर ३४ मिनेटसम्म,सुकर्मयोग राती ८ वजेर ४९ मिनेटसम्म, तैतिल करण अपरान्ह १ वजेर ३ मिनेटसम्म, आनन्दादियोग अमृत, सूर्य मकर राशीमा,चन्द्रमा कन्या राशीमा ।
आजको राशिफल:
मेषः–
मेषः–
मेहनत बढि गर्नु पर्ला । काम गर्दा विरोधीबाट अवरोध आउन सक्छ । घरको बातावरण प्रतिकुल भए पनि बाहिरको भने अनुकल रहनेछ । उच्चमनोबलका साथ काम गर्नु भएमा सफलता मिल्नेछ ।
वृषः–
वृषः–
काम गर्दा दुविधा उत्पन्न हुनसक्छ ,भ्रमबाट मुक्त भएर काम गर्नु होला । यात्रामा सामान्य कठिनाई आउनेछ । व्यापार व्यवसायबाट अल्प लाभ होला । भाग्यमा भन्दा कर्ममा विश्वास गर्नु होला ।
मिथुनः–
मिथुनः–
समयमा काम गर्न सकिने छैन । घरयासी समस्याहरु बढ्ने देखिन्छ । भौतिक सुख सुविधामा कमी आउनेछ । अरुको काम गरेर जश पाईने छैन । शारीरिक एंव मानसिक शिथिलता बढ्ने छ ।
कर्कटः–
कर्कटः–
समय अनुकुल देखिन्छ । आफुमा भएको उर्जाको सहि सदुपयोग गर्न सके धेरै उपलब्धि हासिल हुनेछ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । आफन्त जनबाट सहयोग मिल्ला ।
सिंहः–
सिंहः–
दिन मध्यम खालको छ । आर्थिक कारोवार नगर्नु उचित हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । आफन्तबाट विश्वास घात हुन सक्छ सचेत रहनु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् ।
कन्याः–
कन्याः–
काम गर्दा हरेस नखाई गर्नु होला आज गरेका काम प्राय सफल हुनेछन् । आर्थिक कुरामा बढि केन्द्रित भएर काम गरिनेछ । सहमतिमा काम गर्न भने सकिने छैन । व्यापार व्यवसायमा सुधार आउनेछ ।
तुलाः–
तुलाः–
समयले साथ दिने छैन । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । झुट्टा कुराले मनलाई पोल्नेछ । काममा अवरोध आउनेछ । व्यर्थका काममा समय र धन खर्च हुनेछ । विवादबाट टाढा बस्नु होला ।
वृश्चिकः–
वृश्चिकः–
भाग्यले साथ दिदा धेरुै काममा सफलता मिल्नेछ । आफन्तबाट निसर्त सहयोग पाईनेछ । नसोचेका ठाँउबाट लाभान्वित हुनुहोला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । भौतिक सुख मिल्नेछ ।
धनुः–
धनुः–
ग्रह गोचर सामान्य देखिन्छ । अर्थ अभावका कारण काममा सामान्य ढिलाई हुनेछ । काममा देखिएका समस्या भने कम भएर जानेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउने देखिन्छ ।
मकरः–
मकरः–
समय मध्यम खालको छ । हेलचक्र्याइ गरेर कुनै पनि काम नगर्नु होला विग्रिन सक्छ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । तनावमा कुनै काम नगर्नु होला । काम गर्दा केहि कठिनाई आउन सक्छ ।
कुम्भः–
कुम्भः–
समय प्रतिकुल चलेको छ । नयाँ काममा हात नहाल्नु होला । अहार विहारमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउन सक्छ । बन्नलागेका काम पनि विग्रिन सक्छन् । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला ।
मिनः–
मिनः–
कर्मशिल भएर काममा लाग्नु भएमा धेरै सफलता मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । पराक्रम बढ्नेछ । बाहिरी सम्वन्धमा सुधार आउनेछ ।
– ज्योतिषीः- श्री वेदनिधि तिमिल्सिना, पोखरा, सम्पर्क :- gurupatrakar@gmail.com