साउदी अरबमा यसरी हुन्छ मदिराको तस्करी!!
माघ २०, २०७२- साउदी अरब एउटा यस्तो देश हो जहाँ मदिरालाई पूर्णरुपमा निषेध गरिएको छ । साउदी अरबको सीमा भित्र न मदिरा पिउन पाइन्छ, न उत्पादन गर्न पाइन्छ, न किनबेच नै हुन्छ ।
साउदीमा मदिरा पिएको, खरिद बिक्री गरेको वा ओसारपसार गरेको भेटिएमा जेल सजायका साथै कोर्रा पनि खानुपर्ने हुन्छ । मुस्लिमहरुको पवित्र तिर्थस्थल मक्काको देशमा कुरानमा लेखिएको कुरालाई हुवहु पालना गर्नेुपर्ने नियम छ । तर मदिराका स्वाद चाखिसकेकालाई कुनै पनि निषेधाज्ञाले रोक्न सक्दैन ।
विश्वमा जहाँ जे गर्न पाइँदैन त्यही गर्न सक्नुलाई ठालु हुनुभन्ने बुझिन्छ । त्यसैले साउदी अरबमा पनि नाम चलेका विदेशी ब्रान्डका मदिराहरु विभिन्न तवरबाट भित्र्याइन्छन् ।
साउदी अरबको भन्सारले यस्ता केही मदिरा भित्र्याउन तस्करहरुले प्रयोग गरेका उपायहरुलाई आफ्नो वेभसाइटमा राखेको छ, ट्विटरमा सार्वजनिक गरेको छ ।
