दुई अर्ब पचास करोड जरिवाना र २ वर्ष कैद संजाय तोकिएका फरार अभियुक्त पदम बहादुर राउत करिब ४ वर्ष पछि पक्राउ परेका छन् ।
विदेशी मुद्रा अपचलनको गरेको आरोप लागेका पदमलाई जिल्ला अदालत काठमाडौंले २०६८ साल वैशाख ४ गते २ वर्ष कैद तथा दुई अर्व ५० करोड रुपैंया जरीवाना तोकेको थियो । पर्सा निर्मल वस्तिका राउतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०को टोलीले काठमाडौंको कपनबाट पक्राउ गरेको छ ।
काठमाडौंको सामाखुशीस्थित न्यु दाहाल विजनेश इन्टरप्राइजेज सञ्चालक राउतले उक्त कम्पनप्को लागि आवश्यक सामान खरिदको गर्न विदेशी मुद्रा प्रयोगको अनुमति लिएका थिए ।
दाहालले तातोपानी भन्सारबाट एलसी, टिटी, ड्राफ्ट आदी सुविधामा सामान आयात गर्ने अनुमति लिएका थिए । अनुमतिको आधारमा तातोपानि भन्सारबाटै सामान ल्याउने भन्दै राउतले हिमालयन बैंक न्युरोड शाखाबाट एक करोड ५६ लाख ४२ हजार ६ सय ३७ र नेपाल इन्भेष्टमेन्ट बैंकबाट एक करोड ७८ लाख ६ सय १ गरी जम्मा तीन करोड ३४ लाख ६० हजार २ सय ३८ अमेरिकी डलर साटेका थिए ।
तर, राउतले तातोपानी भन्सारबाट कुनै पनि सामान ल्याएनन् । उनले साटिएको विदेशी मुद्रा अन्य देशमा पठाएका थिए । सामान ल्याएको देखाउन भन्सार कार्यलयको नक्कली छाप, दस्तखत, नगद रसिद लगाएतका कागजपत्र नक्कली पेश गरेका थिए ।
व्यवसायको नाममा विदेशी मुद्राको अपचलन गरेको आरोप लागेका राउतलाई जिल्ला अदालत काठमाडौंले तत्कालीन समयको विनिमय दर अनुसार हुने गरी २ अर्व ४८ करोड ६४ लाख ३० हजार रुपैंया जरीवना र २ वर्ष कैद संजाय तोकेको थियो ।
अदालतले संजाय तोकेपछि फरार भएका राउतलाई सिआइबीले वान्टेडको सूचीमा राखेर खोजी गरिरहेको थियो । सीआइबीका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार राउतसँग अन्य व्यक्तिहरु पनि जोडिएका छन् र उनीहरुको पनि खोजी भइरहेको छ ।
राउतलाई पक्राउ गरे लगतै फैसला कार्यन्वयनको लागि अदालतमार्फत केन्द्रिय कारगार पठाइएको छ ।
दुई अर्ब ५० करोड जरिवाना तोकिएका फरार अभियुक्त पदम राउत पक्राउ!!