गर्लफ्रेण्डको लागि सलमानले उठाए यस्तो कदम...!!

बलिउड सुपरस्टार सलमान खानले आफ्नो कथित गर्लफ्रेण्ड ‘लूलिया वंतूर’को हिन्दी भाषा सुधार्नका लागि निजी प्रशिक्षक नियुक्त गरेका छन्। सन् २०१४ मा सलमानकी बहिनी ‘अर्पिता खान’को विवाह कार्यक्रममा उनले रोमानियन अभिनेत्री ‘लूलिया वंतूर’लाई आफ्नो गर्लफ्रेण्ड भनेर परिचित गराएका थिए। साथै सलमानले लूलियालाई प्रेम गरेको पनि बताएका थिए।

गर्लफ्रेण्डको टिभी शो को पनि गरे प्रमोशनः

सलमान खानले गत बुधबार ट्वीटरमा लूलियाको नयाँ टिभी शो को पनि प्रमोट गरेका थिए। लूलियालाई आफ्नी गर्लफ्रेण्ड भनेपश्चात उनको बारेमा सामाजिक मिडियामा कुनै कुरा सेयर गरेको त्यो पहिलो चोटि थियो।

हालै सलमानले लूलियाका साथमा ‘द फार्म’ नामक टिभी शो होस्ट गर्ने खबर आएको थियो भने यस शो को रोमन भर्जन लूलियाले होस्ट गरिरहेकी छिन्। यसै शो को प्रमोशन सलमानले आफ्नो ट्वीटरबाट गरेका थिए।

गर्लफ्रेण्डको हिन्दी भाषा सुधार्न निजी प्रशिक्षक नियुक्त गराएः

अझसम्म लूलिया र सलमानको परिवारको बीचमा सही ढङ्गले कुराकानी हुन सकेको छैन। साथै लूलियाको भाषाको समस्याकै कारण उनलाई बलिउडमा काम पनि मिल्न सकेको छैन। त्यसैले बलिउड निर्माताहरूले पनि यसलाई ठूलै तनावको रूपमा लिइरहेका छन्।   

सलमानको गएको जन्मदिनको अवसरमा पनि लूलियाले कसैसँग हिन्दीमा कुरा गर्न पाएकी थिइनन्। तर अहिले भने लूलिया आफ्नो हिन्दी सुधार्नमा तत्पर छिन्। त्यसै कारण नै सलमानले उनको हिन्दी भाषा सुधार्नका लागि निजी प्रशिक्षक नियुक्त गरेका हुन्। उनले लूलियालाई बेसिक हिन्दीको ज्ञान दिने बताएका छन्।

लूलिया वंतूरका केहि तस्विरहरू हेर्नुहोस्ः