जनकपुरमा नेपाली काँगे्रसका क्षेत्रीय प्रतिनिधिको हत्या :: थप समाचार >>

जनकपुरधाम, २३ माघ । गए राति धनुषा जिल्ला बालाबाखर–४ बैरियाका क्षेत्र नं १ का क्षेत्रीय प्रतिनिधि राजेन्द्र यादवलाई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको छ ।

सांसद मोक्ता यादवका अनुसार ४५ वर्षीय राजेन्द्रलाई घाँटी, छाती र पेटमा गोली हानी हत्या गरिएको छ ।

वैवाहिक कार्यक्रममा सहभागी भएको बेला अज्ञात व्यक्तिले मोबाइलमा फोन गरी घर बोलाएकामा घर फर्किने क्रममा बाटोमा गोली हानी हत्या गरिएको सांसद यादवले बताउनुभयो