दिनभरमा १४१ ट्यांकर इन्धन भित्रियो विभिन्न नाका हुँदै आइतबार १४१ ट्यांकर इन्धन नेपाल भित्रिएको छ
काठमाडौं, माघ २४ । विभिन्न नाका हुँदै आइतबार १४१ ट्यांकर इन्धन नेपाल भित्रिएको छ ।
आइतबार दिनभरमा कांकडभिट्टा–पानीट्याङ्की नाकाबाट एक बुलेट ग्याससहित १३० वटा मालवाहक गाडी नेपाल भित्रिए । यो नाकाबाट आज पेट्रोल–डिजल भने भित्रिएन ।
भैरहवा–सुनौली नाकाबाट दिनभरमा २२ बुलेट ग्याससहित १५० वटा मालवाहक गाडीमात्र नेपाल भित्रिए ।
उता, नेपालगञ्ज–रुपैडिहा नाकाबाट ३५ ट्यांकर डिजेल, ५ ट्याङ्कर पेट्रोल, ४ बुलेट ग्याससहित १४० वटा मालवाहक गाडी नेपाल भित्रिए ।
यता, वीरगन्ज–रक्सौल नाकाबाट दिनभरमा पेट्रोलियम पदार्थ बाहेक ४५० भन्दा बढी मालवाहक गाडी नेपाल भित्रिए ।
शुक्रबार यता आइतबार साँझ ६ बजेसम्म यो नाका भएर करिब ८ सयभन्दा बढी मालवाहक सवारी साधन नेपाल भित्रिइसकेको भन्सार कार्यालयले जनाएको छ ।
नेपाल भित्रिएका मध्ये ५ सय वटा क्लिङ्करका ट्रक रहेका छन् । आज मात्र करिब ८ करोड रुपैयाँ राजश्व उठेको भन्सारका प्रवक्ता सुशील शर्माले जानकारी दिए
