सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्पको पराकम्पन
सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्पको पराकम्पन गएको छ। बुधवार राति १० बजेर १२ मिनेट जाँदा सिन्धुपाल्चोकको सेलाङलाई केन्द्रविन्दु बनाएर ४ दशमलब ६ रेक्टर स्केलको भूकम्पको पराम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
अहिलेसम्म ४ रेक्टर स्केलमाथिका ४ सय २८ वटा पराम्पन गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ।