सागका सबै खेल सकिए, नेपाललाई जम्मा ५९ पदक, अर्को साग नेपालमा
फाल्गुन ४, २०७२- १२ औं दक्षिण एसियाली खेलकुदको आज साँझ भारतको गुवाहटीमा समापन हुँदैछ । यो सागमा नेपालले जम्मा ३ स्वर्ण (फुटबल, जुडो र उसु), २३ रजत र ३४ का कास्यसहित जम्मा ६० पदक हात पार्यो ।
यो सागमा नेपाल छैटाैं स्थानमा छ । भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, बंगलादेश नेपालभन्दा अघि छन् भने भुटान र माल्दिभ्स नेपालभन्दा पछि छन् ।
आज जुडोमा नेपालले तीन कास्य जितेको हो । ७० केजी समूहमा गंगा चौधी, ७८ केजी समूहमा पुनम श्रेष्ठ र सय केजीमा शिवबहादुर बरामले कास्य जितेका हुन् ।
१३ औं साग दुई वर्षपछि २०१८ मा नेपालमा हुँदैछ । साँझ गुवाहटीमा हुने समापन समारोहमा सागको झन्डा नेपालका युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डललाई हस्तान्तरण गरिँदैछ ।