आजको राशिफल - आज विस २०७२ साल माघ महिनाको २७ गते द्धितीया तिथी बुधबार, श्री कृष्ण भगवानको पूजा आरधाना गर्ने दिन । समग्रमा वास्तुशास्त्र अनुसार आजको दिन कस्तो छ ? राशिफलको भिडियो हेर्नुहोस्

हेल्लो शुभ बिहानी सबैलाई हेर्नुहोस आजको पञ्चाङ्ग अनि राशिफल
श्रीसूर्य उत्तरायण शिशिर ऋतु,कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ २७ गते वुधवार नेपाल सम्बत ११३६ शिल्लाथ्व ,सन् २०१६ फेव्रुअरी १० तारिक शुक्लपक्ष द्वितीया तिथि अपरान्ह ५ वजेर २९ मिनेटसम्म, शतभिषानक्षत्र अपरान्ह ३ वजेर ५३ मिनेटसम्म, परिघ योग विहान १० वजेर १५ मिनेटसम्म, कौलव करण अपरान्ह ५ वजेर २९ मिनेटसम्म, आनन्दादियोग मानस, सूर्य मकर राशीमा,चन्द्रमा कुम्भ राशीमा ।
मेषः–

mesh

आय आर्जनका दृष्टिले आजको दिन तपाईको लागि अनुकुल रहेको छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुने छ । आफन्तजनबाट पनि सहयोग पाईने छ । अवसर नगुमाउनु होला ।
वृषः–

brish

काममा देखिएका समस्या समाधान भएर जाने छन् । कुरा काट्नेहरु सहयोगको हात फैलाउन पछि पर्ने छैनन् । सामाजिक क्षेत्र लगाएतका ठाँउबाट मान सम्मान मिल्ने छ । नोकरीमा पनि राम्रै देखिन्छ ।
मिथुनः–

mithun

आफ्ना काममा भन्दा अरुका काममा समय बढि खर्च हुनेछ । व्यापार व्यवसायमा पनि खासै प्रगति हुने देखिन्न । काम गरेर जश पनि मिल्ने छैन । यात्राको सम्भावनालाई भने नकार्न सकिन्न ।
कर्कटः–

karkat

अशुभ समाचारले मनलाई दुखित बनाउने छ । काम गर्ने बातावरण मिल्ने छैन । गरेका काम पनि विवाद रहित देखिदैन । अनावस्यक खर्च बढ्ने छ । कुनै नयाँ काममा हात नहाल्नु होला ।
सिंहः–

sinha

उद्योग,धन्दा बन्द व्यापारमा नयाँ सम्भावना देखा पर्ने छन् । व्यवसायिक लगानी पनि बढ्ने छ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । जीवन साथिको सहयोगले मनलाई आनन्दित बनाउने छ ।
कन्याः–

kanya

आज कडा मेहनत गर्नु पर्ला । सामान्य खटाईबाट काम बन्ने देखिदैन । मेहनतपूर्वक गरेका काम सफल हुनेछ र लाभान्वित पनि भईने छ । विरोधीसँगको लडाईमा विजय प्राप्त होला । आम्दानी हुने छ ।
तुलाः–

tula

समयको सदुपयोग गर्न पछि नपर्नु होला काममा आलटाल गर्दा अरुले फाइदा लिने छन् । यात्राबाट लाभ लिन सकिने छैन । पढाई लेखाईको चिन्ताले सताउने छ । बाहिरी काम बढि हुने देखिन्छ ।
वृश्चिकः–

brischik

घरको बातावरण तपाईको लागि अनुकुल नबन्न पनि सक्छ । घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्ने छ । काम गर्ने जोश जागर घट्ने छ । मनमा एक प्रकारको चिन्ता रहि रहला ।
धनुः–

dhanu

उद्योग,पराक्रम बढ्ने छ । व्यापार व्यवसायमा पनि नयाँ सम्भावना देखिने छन् । व्यापारबाट आम्दानी पनि राम्रो हुने छ । अरुको सहयोग पनि पाईने छ र आफ्नो काम गर्न आफै पनि सक्षम हुनुहुने छ ।
मकरः–

makar

काम गर्दा बढि नवोल्नु होला । आफ्नो काममा नै बढि दत्तचित्त दिनुहोला । मेहनतपूर्वक गरेका काम सफल हुने छन् व्यापार व्यवसायबाट सामान्य लाभ हुने छ । मनमा भ्रम पालेर नबस्नु होला ।
कुम्भः–

kumbha

काममा देखिएका समस्या कम भएर जाने छन् । अनावस्यक खर्चमा पनि कमी आउने छ । व्यापार व्यवसायमा पनि सुधार आउने छ । काम गर्ने जोश जागर बढ्ने छ । आम्दानी बढ्ने छ ।
मिनः–

min

तपाईको लागि आजको दिन त्यति अनुकुल छैन । काम गर्दा विचार पु¥याउनु होला । व्यापार व्यवसायमा गिरावट आउने छ । काम गर्दा विभिन्न समस्या आउन सक्छन् । अनावस्यक खर्च बढ्ने छ । विवाद बढ्ला