-२०७२ साल फाल्गुन १२ गते बुधवार:-आजकोे पञ्चाङ्ग अनि राशिफल
श्रीसूर्य उत्तरायण शिशिर ऋतु,कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल फाल्गुन १२ गते बुधवार नेपाल सम्बत ११३६ शिल्लागा सन् २०१६ फेव्रुअरी २४ तारिक कृष्णपक्षद्वितीया तिथि राती २ वजेर १६ मिनेटसम्म, पूर्वफाल्गुनी नक्षत्र विहान ८ वजेर ५७ मिनेटसम्म, धृतियोग राती १ वजेर ४५ मिनेटसम्म, तैतिलकरण अपरान्ह १ वजेर २४ मिनेटसम्म, आनन्दादियोग स्थिर, सूर्य कुम्भ राशीमा,चन्द्रमा अपरान्ह १५ वजेर २९ मिनेटसम्म सिंह उप्रान्त कन्या राशीमा ।
मेषः–साँझपख समयमा सुधार आउनेछ । उच्चमनोबलका साथ काममा लाग्नुहोला । विरोधीबाट अवरोध आउन सक्छ । भ्रम हट्नेछ । व्यापारबाट आय आर्जन राम्रो हुनेछ ।
वृषः– खर्चमा तिव्रता आउनेछ । व्यापारमा सन्तोषजनक प्रगति हुने छैन । समयले कम साथ दिने देखिन्छ । काम गरेर अनुसारको प्रतिफल पाईने छैन । आलोचना बढ्नेछ ।
मिथुनः– मध्यान्ह पूर्वको समय अनुकुल देखिन्छ । उतार चढावका वीच काम बन्ने छन् । स्वतन्त्र व्यापारबाट आम्दानी हुनेछ । अपरान्हमा गरेका काम रोकिन सक्छन् ।
कर्कटः– मध्यान्ह पूर्वको समय मध्यम् देखिए पनि अपरान्ह पछिको समय अनुकुल बन्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।
सिंहः–हेलचक्र्याई नगरि काम गर्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । आर्थिक कारोवारमा चनाखो रहनु होला । आफन्तबाट सामान्य सहयोग मिल्नेछ ।
कन्याः–संचित धनको नाश हुनेछ । आशक्ति बढ्नेछ । गरेका काम विवादित हुने छन् । व्यापारमा गिरावट आउने छ । मध्यानह देखि भने समयमा सुधार आउनेछ ।
तुलाः–कुनै काम गर्नु छ भने समयमा गर्नु होला मध्यान्ह पछि समय प्रतिकुल बन्नेछ । परिवारमा समस्या आउन सक्छ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ ।
वृश्चिकः–दिन अनुकुल नै देखिन्छ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट भने आय आर्जन बढ्नेछ । घर परिवारमा सुख शान्ति मिल्नेछ ।
धनुः–मध्यान्ह पुर्व भन्दा अपरान्हको समय काम गर्नलाई उचित देखिन्छ । गरेका काम सफल हुनेछन् । वित्तिय कारोवारमा सानातिना समस्या देखिने छन् ।
मकरः–भय त्रासले छोड्ने छैन । खान पानका कारण स्वास्थ्य कमजोर बन्ने छ । आम्दानी बढ्नेछ । गर्न खोजेका काम बन्न गाह्रो हुनेछ । व्यापारमा अवनति हुनेछ ।
कुम्भः–काम गरेर जश कम मिल्नेछ । आर्थिक कारोवारमा समस्या आउन सक्छ । व्यापारबाट अल्प लाभ हुनेछ । घरेलु खर्च बढ्ने छ । स्वास्थ्यमा समस्या आउनेछ ।
मिनः–नयाँ सोच विचारका साथ काममा लाग्नु हुनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । परिवारबाट सहयोग पाईनेछ । काम गर्न अल्छि नगर्नु होला ।