काठमाडौं– काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालले उपचारमा चरम् लापरबाही गर्ने गरेको पाइएको छ । राजधानीकै सुबिधासम्पन्न अस्पतालको रुपमा प्रचार गरिएको सो अस्पतालले उपचारमा चरम लापरबाही गर्ने गरेको खुलासा भएको हो । यसअघि पनि उक्त अस्पतालले उपचारमा चरम लापरबाही गर्ने गरेको सार्वजनिक नभएको होइन, तर पनि विभिन्न बहाना बनाएर ढाकछोप गर्दै आएकोमा फेरि पनि उसले ढाकछोप नै गर्न नसक्नेगरि गम्भीर लापरबाही गरेको खुलासा भएको हो ।
अखबार दैनिकलाई प्राप्त प्रमाणअनुसार सो अस्पतालले हालै एक बिरामीको सामान्य उपचारमा चर्को शूल्क असुलेको छ । त्यो पनि एउटा रोगको उपचार गर्नुपर्नेमा अर्के रोगको उपचार गरेर । ती बिरामीले नर्भिकमा ७० हजारबढी रुपयाँ खर्च गर्दा पनि समस्या जस्ताको तस्तै भएको र सरकारी अस्पताल बीचमा पुर्नपरिक्षण गराउँदा नर्भिकले भनेजस्तो रोग नै नभएको खुलासा भएको हो ।
घटना हो, तीन साताअघिको । राजधानीमा व्यबसाय गर्दै आएका गोरखाका कमल गुरुङलाई किड्नी नजिकै दाहिने भागमा निकै पीडा भयो । सामान्य होला भनेर केहि दिन उनले सो पीडालाई वास्ता गरेनन् । किनकी बेलामौका त्यस्तै पीडा हुने भएपनि केहि दिनमै आफैं निको पनि हुन्थ्यो । तर, यसपटक उनमा त्यो लागू भएन । अर्थात् निको हुने छाँटकाँट देखिएन । मिर्गौला नजिकको समस्या भएर पनि उनी तत्काल हतारिए अस्पताल जान र रोजे विस्वासिलो भनिएको नर्भिक अस्पताल ।
उनले आफ्नो समस्या सुनाए – युरोलोजिस्ट डाक्टर दीपक रौनियारलाई । त्यहाँका एक्का युरोलोजिस्ष्ट डाक्टरले अनेकन् परीक्षण गराए । रिपोर्ट आए पनि उनले घोरिएर रिपोर्ट हेर्दै भने ‘ प्रोष्टेटाइटिस भएछ । त्यसपछि उनले प्रोष्टेट मसाज गर्नुपर्ने बताए, एक सातासम्म । जुन मलद्धारबाट औंला छिराएर गर्नुपर्ने रहेछ । ती चिकित्सकले पहिलो चरणमा तीन दिन दिनको दुई पटक मसाज गर्नुपर्ने भनेका थिए । सो अनुसार तीन दिनसम्म मसाज गर्दा पनि उनलाई निको हुने छाँट काँटै देखिएन । बरु नयाँ प्रोसस अघि बढाउनु पर्ने उनले बताए । तीन दिनसम्म पनि कुनै सुधार नभएको र नर्भिकको उपचार चित्त नबुझेपछि बिरामी कमल वीर अस्पतालमा जचाउन पुगे ।
त्यहाँ नर्भिकको उपचारका साथै आफ्नो समस्या सुनाएपछि उल्टै बीरका युरोलोजिस्ष्ट डाक्टर मुर्छा परेर हाँसेका थिए । किनकी उनलाई प्रोस्टेटाइटिस नभएर किड्नीमा स्टोन पो भएको रहेछ । रोचक त के छ भने नर्भिककै रिपोर्ट कमलले बीरका डाक्टरलाई देखाउँदै उनले सजिलै स्टोन भएको बताइदिएका थिए । तर नर्भिकले भने स्टोन भएको पत्तै लगाउन सकेन या बिरामीमा लुट मच्चाउन हो त्यो भने खुल्न सकेको छैन ।
प्राप्त विवरण अनुसार कमलको रिपोर्ट डा दीपकले मात्रै नभई नर्भिककै अन्य डाक्टरहरुले पनि हरेका थिए । तर उनीहरु सबैले स्टोनको कुरै गरेनन् । अस्पतालकै मिलेमतो आशंकामा महंगोअस्पताल मानिने नर्भिकले प्रष्ट पहिचान भएको समस्यालाई समेत अर्को बताउनुलाई अस्पतालप्रति गम्भीर प्रश्न चिन्ह खडा मात्रै भएको छैन उक्त अस्पतालमा उपचार गराउँदा जोखिम समेत देखिएको छ ।
कमलको सामान्य समस्या भएकाले कुनै तलमाथि भएन, तर गम्भीर खालको समस्या भएको भए नर्भिकको कारणले ज्यानैसमेत जान सक्थ्यो । नर्भिकको यस्तो खाले लापरबाही रोक्न कसले ध्यान दिने रु प्रश्न उब्जिएको छ । हुन त सरकारी निकायहरुले यस्ता अस्पतालहरुमाथि कडा कारबाही गर्नुपर्ने भएपनि त्यस्तो पाउन सकिएको छैन । त्यसैले त नर्भिक जस्ता अस्पतालहरुले खुलेआम लुट मच्चाइरहेका छन् । त्यतिमात्रै होइन बिरामीको ज्यानै जोखिममा पारेका छन् । स्रोतका अनुसार नर्भिकका बिरामीलाई लुट्नुमा डाक्टरदेखि अस्पतालका उच्च अधिकारीसम्मको कनेक्सन छ ।
यसबारे अस्पतालसँग बुझ्दा अस्पतालका निर्देशक आरपी मैनालीले सबै नहेरी बोल्न नबिल्ने बताए । उनले प्रोस्टेटाइटिस र स्टोन युरोलोजिस्टसँग सम्बन्धित भएकाले यस्तो भएको हुनसक्ने बताए ।
के हो प्रोष्टेटाइटिस ?
पुरुषहरुको पिसाब थैलीभन्दा मुनि सानो ग्रन्थी हुन्छ । त्यसलाई प्रोस्टेस भन्छ । त्यसमा इन्फेक्सन हुनु नै प्रेष्टेटाइटिस हो । पुरानो शैलीमा त्यो रोग लाग्यो भने मलद्वारमा औंला हालेर मसाज गरिन्छ भने नयाँ शैलीमा मनतातो पानीमा लिंग र मलद्वार डुब्ने गरी १५–२० मिनेट डुबाएर राखिन्छ ।
नर्भिक अस्पतालको डरलाग्दो धन्दा, उपचार गराउँदा ज्यानै जाने खतरा