साउदी अरबको आक्रमणमा १५ मजदुर मारिए!!!


एजेन्सी : यमनको उत्तरी प्रान्त अमरानको एक सिमेन्ट कारखानामा बुधवार सऊदी अरबको नेतृत्वमा भएक हवाई हमलामा १५ मजदुरको ज्यान गएको छ ।

यो घटनामा अरु २० जना गम्भीर घाइते भएका छन् । अधिकारी एवं प्रत्यक्षदर्शीले बुधवार बताए अनुसार हवाई हमला कारखानाको मुख्य ढोकामा भएको हो । मजदुरहरु कारखानाको मूलढोकामा पारिश्रमिक लिन लाइन लागेका साउदी अरबबाट बम हमला भएको थियो ।

अमरान अस्पतालका एक चिकित्सकले बताए अनुसार यो हवाई हमलामा अहिलेसम्म १५ मजदुर मारिइसकेका छन् भने घटनामा २० जना बढी गम्भीररुपमा घाइते भएका छन् । घाइतेको उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

यो सिमेन्ट कारखाना राजधानी सनाबाट लगभग ६० किलोमिटर टाढा अमरान प्रान्तमा रहेको छ। यो कारखानालाई निशाना बनाएर हवाई हमला भएको हो । जसका कारण कारखानामा उत्पादन बन्द भएको छ।

स्थानीयबासीले बुधवार कुताफ क्षेत्रको अल-जुबारा जनजातिको गाउँमा भएको तीन हवाई हमला लगभग ४० गाउँलेको निधन भएको र कयौं घाइते भएको दाबी गरेका छन् ।