बसको ढोकाबाट खसेर एक किशोरको मृत्यु :

माघ १९, काठमाडौंको कोटेश्वरमा मंगलबार बिहान बसको ढोकाबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

भक्तपुर ठिमीका १७ वर्षीय सिर्जन ढकालको आज बिहान बसको ढोकाबाट खसेर मृत्यु भएको हो । भक्तपुरबाट काठमाडौंको पुरानो बसपार्कका लागि छुटेको बा २ ख ६९८४ नम्बरको यात्रुवाहक बसको ढोकाबाट खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ढोकाबाट खसेका ढकाललाई त्यही बसको पछाडी पट्टीको टायरले किचेर मृत्यु भएको बताउँदै उक्त घटनापछि बस चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।