अमेरिकी दुताबासले दियो नेपालीलाई ठूलो खुसीको खवर बराक ओबामाले नेपाललाई लगाए गुनः यस्तो सुविधा पाउने पहिलो दे

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाललाई स्पेसल ट्रेड प्रेफरेन्सेस (विशेष व्यापार ग्राह्यता) दिन स्वीकृति प्रदान गर्ने कानुनमा हिँजो हस्ताक्षर गरेका छन् ।

राष्ट्रपतिको हस्ताक्षर पश्चात अब नेपालबाट अमेरिका निर्यात हुने ६६ प्रकारका सामाग्रीमा भन्सार छुट हुने छ । जसमा कार्पेट, गार्मेन्टका उत्पादनदेखि यात्रा गर्दाको बखत प्रयोग हुने सामाग्रीसम्म छन् ।

उक्त कानुनले निश्‍चित गलैँचा, टोपी, च्यादर, गलबन्दी र यात्रा सामग्री लगायत ६६ प्रकारसम्मका सामग्रीहरूका हकमा भन्सारछुट सुविधा उपलब्ध गराउनेछ ।

मोदीले ओलीलाई यसरी देखाए औकात

नेपाल कार्यक्रमलाई १० वर्षका निम्ति स्वीकृति प्रदान गरिएको छ । गत वैशाखको विनाशकारी भूकम्पले गरेको क्षतिपछि नेपालको आर्थिक पुनरोत्थानमा सघाउने गरी उक्त कार्यक्रम तर्जुमा भएको छ ।

जनरल सिस्टम अफ प्रेफरेन्सेस (जिएसपी) अन्तर्गतका सुविधाका लागि हालसम्म अयोग्य रहेका नेपाली निर्यात सामग्रीरूलाई उक्त कार्यक्रमले भन्सारछुट सुविधा उपलब्ध गराउनेछ ।

ओलीसँग भेटेपछि मनीषा कोइरालाका तीन ट्वीट

अब यो विधेयक लागु हुन केही प्रशासनिक काममात्र बाँकी रहेको अमेरिकी राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

नेपाल ट्रेड प्रेफरेन्सेस लेजिस्लेसनले व्यापार क्षमता अभिवृद्धि कार्यक्रमलाई समेत स्वीकृति प्रदान गरेको छ, जुन नेपाललाई विश्‍व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौता (टिएफए) को कार्यान्वयनमा नेपाललाई सघाउने कार्यमा केन्द्रित छ