टुडिखेलमा मानव निर्मित बुद्ध आकृति बनाउन हजारौं युवा भए भेला

शान्तिका अग्रदुत भगवान गौतम बुद्ध नेपालमा जन्मेका थिए भनि विश्वसामु चिनाउन काठमाडौंको टुडिखेलमा हजारौं युवा मानव बुद्ध आकृति निर्माणको लागि जुटेका छन्।


चियरअप नेपालले आयोजना गरेको कार्यक्रममा मानव निर्मित बुद्ध आकृति बनाइ विश्व रेकर्ड बनाउने प्रयासको लागि युवा जम्मा भएका हुन।

पाँच महिना देखि यो कार्यक्रमको लागि तयारी गर्दै आएको आयोजकले बताएको छ। युवाहरु हरियो, निलो प्लेकार्ड टाउको माथी राखेर बुद्ध आकृति निर्माणको लागि टुडिखेल जम्मा भएका छन्