भुलेर पनि रातमा नगर्नुस् यि काम, जसले जीवन नै जोखिममा पार्छ


१. चुरोट पिउने  :
रातमा निद्रा परेन भनेर धेरैको चुरोट पिउने बानी हुन सक्छ । यदि तपाईको पनि यस्तो बानी छ भने आजैबाट छाड्नुहोस् । चुरोट पिउनाले निन्द्राको निश्चित संरचनालाई भत्काउने काम गर्दछ । एक अनुसन्धानका अनुसार चुरोट पिउने मानिस अरु मानिसभन्दा ढिला निदाउने, थोरै सुत्ने र थोरै गहिरो निन्द्रामा पर्दछन् ।

२. रक्सी पिउने  :
यदि रातभरी बान्ता गर्न र बिहान भारी टाउकोसहित उठ्न चाहनुहुन्छ भने मध्यरातमा रक्सी पिउन सक्नुहुन्छ । तपाईंले जति धेरै पिउनुहुन्छ त्यति नै खराब तपाईंको ह्याङओभर र निन्द्राको गुणस्तर हुने गर्दछ ।

३. क्याफेनको सेवन  :
क्याफेन एउटा यस्तो पदार्थ हो जसलाई तपाईंले बेलुकीपख र राती सकभर निषेध गर्नुपर्छ । मध्यरातमा कफी अथवा इनर्जी ड्रिंक्सको सेवन गर्नु भनेको तपाईंले आफ्नो अनिन्द्रालाई लम्ब्याउनु हो ।

४. चिनीयुक्त खानेकुराको सेवन  :
यस्ता खानेकुरा तपाईंले दिउँसो पनि खानुहुँदैन । तर यसलाई राती खानुहुन्छ भने यसले तपाईंको क्यारी बढाउने काम गर्छ भने अन्त्यमा तपाईंलाई निन्द्राबाट पनि वञ्चित गर्दछ । सायद अब तपाईंलाई थाहा भयो होला, आफ्नो तौल कहाँबाट आयो भनेर । यसका साथै चिनीयुक्त खानेकुराले तपाईंको रगतमा ग्लुकोजको मात्रालाई बढाउने गर्दछ तसर्थ यसले शरिरबाट अत्यधिक ऊर्जा पैदा गर्नुका साथै बेचैनी गराइदिन्छ ।

५. स्पाइसी (मसालेदार, पिरो, अमिलो) खानेकुराको सेवन :
बेलुका अथवा राती स्पाइसी खानेकुरा खानाले तपाईंको ग्याष्ट्रोइन्टेस्टाइनल ट्र्याकमा हानी पुर्याउने गर्दछ । यसले अल्सर पनि पैदा गर्नसक्छ ।

६. पानी र अरु पेय पदार्थको सेवन :
सुत्नुभन्दा एकघण्टा अगाडि पानी अथवा अरु पेय पदार्थको सेवन हानीकारक हुने विज्ञहरु बताउँछन् । सुत्नुभन्दा अगाडि तपाईंको शरिरले ती तरल पदार्थलाई खाली गर्नुपर्ने हुन्छ । सुत्नुभन्दा अघि अत्यधिक पानी पिउनाले तपाईंको शरिरले तपाईंलाई रातभरी वासरुम गइरहन बाध्य बनाउँछ । निन्द्रा लागिरहेको बेला यसो गर्नु पक्कै पनि कसैलाई पनि मनलाग्दैन ।

७  टिभी हेर्नु :
तपाईं यदि सुत्नुभन्दा अघि टिभी हेर्नुहुन्छ, भिडियो गेम खेल्नुहुन्छ, इमेल चलाउनुहुन्छ र केही विद्युतीय उपकरण्को प्रयोग गर्नुहुन्छ भने सुत्नुभन्दा अघि तपाईंको दिमागमा जे चल्नुपर्ने हो त्यो चल्दैन र तपाईंलाई निन्द्रा लाग्न समय लाग्छ ।

८ कामको बारेमा सोच्नु :
आफ्नो काम अफिसमा नै छोडेर आउनुहोस् । आफ्नो निन्द्रामा काममा छोड्ने गर्नुभएको छ भने यसले तपाईंलाई नकारात्मक असर पुर्याइरहेको हुन्छ । राती आनन्दले आराम गर्नुहोस् ता कि अर्को दिन तपाईं राम्रोसँग आफ्नो काम सिद्धाउन सक्नुहुन्छ । आफ्नो तनावलाई कम गर्नको लागि तपाईं आफ्नो परिवार र साथीभाइसँग समय बिताउनुहोस्