-२०७२ साल फाल्गुन १३ गते विहिबार :-आजको पञ्चाङ्ग अनि राशिफल..

मेषः–
mesh
मेहनत बढि गर्नु पर्ला । आफन्तसँग मतभेद बढ्न सक्छ । उच्चमनोबलका साथ काम गर्नु होला गरेका काम सफल हुनेछन् । घर बाहिर बसेर काम गर्दा बढि अनुकुल होला ।
वृषः–
brish
अन्योलमा नपरि काम गर्नु होला । जोखिम पूर्ण यात्रा नगर्नु होला । घर छोडेर हिड्न मन लाग्ने छ । काम गर्ने बातावरण त्यति देखिदैन । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्ने छ ।
मिथुनः–
mithun
खर्च बढ्नेछ । मनमा भय त्रास उत्पन्न हुनेछ । काम गरेर जश पाईने छैन । जो आफ्नो ठान्यो त्यहि पराई हुनेछ । काम गर्ने जोश जागर घट्न सक्छ । सम्पतिमा विवाद पर्न सक्छ ।
कर्कटः–
karkat
सहास,धैर्यता र पराक्रम बढ्ने छ । नोकरी तथा राजनीतिमा सफलता मिल्ने छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । अधिकाँश काम आफ्नै बाहुवलबाट सम्पादन हुने छन् ।
सिंहः–
sinha
आफन्तबाट कहि कतै अप्ठ्यारो पर्न सक्छ सतर्क रहनु होला । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला,सम्पतिमा दाग लाग्न सक्छ । व्यापारबाट खासै लाभ लिन सकिने छैन ।
कन्याः–
kanya
मनमा दुविधा बढ्न सक्छ । विना सोच विचार काममा हात नहाल्नु होला । खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ । लेनदेन कारोवारमा सतर्क रहनु होला नत्र धन डुब्न सक्छ ।
तुलाः–
tula
दिन प्रतिकुल बढि देखिन्छ जोखिम लिएर काम नगर्नु होला । विश्वासको संकट पर्नेछ । आफ्नो सोचाईको विपरित काम हुने छन् । अनावस्यक काममा समय र धन लगानी हुनेछ ।
वृश्चिकः–
brischik
भाग्य र कर्म दुवै बलियो देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । राज्यबाट सहयोग पाईनेछ । व्यापारबाट आम्दानी राम्रो हुनेछ । कुटनैतिक विधि अप्नाई काम गर्नु होला ।
धनुः–
dhanu
स्वाथ्यमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । अधुरा काम फस्र्योट हुने छन् । लेन देन कारोवारमा सुधार आउने छ । अरुको भर विश्वासमा मात्र काम नगर्नु होला ।
मकरः–
makar
इज्जत प्रतिष्ठामा आच आउन सक्छ । काम गरेर नाम न जश खरानी घस हुन सक्छ विचार पु¥याउनु होला । दैनिक काम काजमा पनि असर पर्ने देखिन्छ । अनावस्यक काम बढि हुने छन् ।
कुम्भः–
kumbha
मानसिक एवं शारीरिक दुर्वलता बढ्ने छ । व्यापार व्यवसायमा मन्दि आउने छ । काम गर्न मन लाग्ने छैन । अनावस्यक काम धेरै हुने छन् । आम्दानीका स्रोत घट्ने छन् ।
मिनः–
min
कुनै पनि काम गर्दा सोच विचार गर्नु होला सफल हुने छन् । सवैलाई आफ्ना कुरा नभन्नु होला पछि धोका हुन सक्छ । स्वतन्त्र व्यापार व्यवसायबाट आँशिक लाभ हुने छ ।