भारतका एक युवा क्रिकेटरले नेपाली अण्डर १९ टिमका कप्तान राजु रिजाल १९ नभएर २४ वर्षका भएको दावी गरेपछि यो विषयले भारतीय मिडियामा हंगामा गरेको छ । नेपाल भारतसँगको खेलमा पराजित भएपनि नेपाली टिमका कप्तानको उमेर धेरै रहेको भन्दै भारतीय मिडियामा खेल रद्ध हुने देखि अण्डर एज टिममा उमेरको वास्ता नगरिने गरेको सम्म भनेका छन् ।
नेपाल र भारतबीचको खेल हुन लागेको समयमा सोमबार विहान भारतका एक क्रिकेटरले नेपाली कप्तान राजु रिजालले उमेर ढाँटेर अण्डर १९ खेलिरहेको दावी गर्दै फेसबुक स्ट्याटस लेखेका थिए ।
कौस्तभ पवार नामका युवा क्रिकेटरले यस्तो टिप्पणी गर्दै फेसबुक स्टेटस लेखेपछि भारतीय मिडियाले यसलाई हेडलाइन समाचार बनाइरहेका छन् ।
कौस्तभले आफू राजु रिजालसँऊ मुम्बाइमा सँगै क्रिकेट खेलेको दावी गर्दै राजुले नेपालमा राजु रिजाल र भारतमा राजु शर्मा भनेर नाम बदल्ने गरेको दावी समेत गरेका छन् ।
क्रिकेट सम्बन्धि वेवसाइट क्रिकइन्फोका अनुसार कौस्तभ भारतीय ओपनर रोहित शर्मासँग सन् २०११ मा मुम्बईबाट खेलेका थिए
नेपाली कप्तान राजु रिजाल भारतीय भएको मिडियाको दावी पढ्नुस् इण्डियन मिडियाको बबण्डरः के के सम्म भनियो