एउटा छोराको आशामा तीन वटा छोरा जन्मेपछि चार छोरीको बाबुआमालाई रुनु न हाँस्नु
चन्द्रकान्त खनाल, रुपन्देही, फागुन १४ - चार छोरीका बाबु आमा बनिसकेको रोल्पाका तेजमान र ललिता विष्ट एउटा छोराको आशामा थिए । छिमेकी र आफ्न्तले समेत स्थायी परिवार नियोजन गर्नु पर्ने सुझाई रहेपनि उनिहरुको भित्री इच्छा अझै एउटा छोरा जन्माउनु थियो ।
त्यसो त आर्थिक अवस्थाका कारण पनि पाँच सन्तान उनिहरुका लागि चुनौती थियो । छोराको आशामा चार छोरी जन्माए सकेका ललिता र तेजमान जव पांचौ सन्तानका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा आए, उनिहरुको बषौं सम्मको प्रार्थना इश्वर ले त सुने तथ एउटा मात्र होईन उनिहरुलाई एकै चोटी ३/३ जना छोरा दिए ।
छोराका लागि १५ बर्षदेखि यचना गर्दै आएका विष्ट अहिले हांस्नु न रुनु जस्तै भएका छन् । उनिहरु अव एकै चोटी ७ सन्तानका अभिभावक पनि बनेका छन् ।शुक्रबार मध्यान्न झण्डै १५ मिनेटको अन्तरालमा लुम्बिनी अञ्चल अस्पतालमा ललिताले तीन छोरालाई जन्म दिएकी छिन् । अस्पतालका डा. अनुपा थापाको टिमले गरेका अप्रेशनबाट तीन शिशुको जन्म भएको हो । अहिले आमा र बच्चाको स्वाथ्य पुर्णरुपमा ठिक रहेको बताउदै डा. थापाले समाजमा छोराका लागि पटक पटक सन्तानको रहर गर्दा को यो पनि एउटा उदाहरण रहेको बताईन् ।
अझै पनि समाजमा छोरा पाउनका लागि पटक पटक गर्भ राख्ने गरेको अनुभव सुनाउदै डा. थापाले ४/४ वटा छोरी हुँदा पनि छोरा नै चाहिने बाबु आमालाई अहिले समस्या परेको बताउनु भएको छ । छोरा जन्मिएकोमा खुशी हुनुको सट्टा अहिले विष्ट दम्पती गाईको दुघ थुक्नु न निल्नुको अवस्थामा पुगेका छन् ।
तीन वटा सन्तान हुर्काउन तथा तिनको पालन पोषण गर्न समस्या त छ नै यसअघि ४ वटा सन्तान भैसकेकाले पनि उनिहरु सबैको हेरचाहका लागि चुनौती रहेको छ । उनिहरु रोल्पाको जयमा कसला गाविसका स्याथी बासिन्दा हुन् । तिन मध्ये एक जनाको तौल २ किलो भए पनि दुई वटाको भने एक किलो ५ सय ग्राम रहेको छ
