काष्ठमन्डप विमान दुर्घटनाका घाइते यसो भन्छन् (भिडियो) को–पाइलट राना पूर्वमन्त्री एवं एमाले नेता दलबहादुर रानाका कान्छा छोरा हुन्!
कालिकोट, नेपालगन्ज, फागुन १४ । नेपालगन्जबाट जुम्ला जाँदै गरेको एअर काष्ठमन्डपको विमान शुक्रबार दिउँसो कालिकोटमा आपत्कालीन अवतरण गराउँदा विमानका क्याप्टेन र को–पाइलटको मृत्यु भएको छ ।
विमानमा सवार ९ जना यात्रुलाई भने घाइते अवस्थामा उद्धार गरिएको छ ।
कालिकोटको चिलखाया गाउँ विकास समिति वडा नम्बर–२ स्थित खेतमा आपत्कालीन अवतरण गराउनेक्रममा क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको मृत्यु भएको हो ।
उद्धार गरिएका यात्रुहरुमा मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का, धनन्जय खत्री र एकजना बालक रहेको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धीरु बस्नेतले जानकारी दिए ।
घाइते अवस्थाका यात्रुहरुलाई मुगुको राराबाट गएको श्री एअरलाइन्सको हेलिकोप्टरबाट उद्धार गरी नेपालगन्ज ल्याइएको छ । उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको छ ।
चालकद्वयको शव पनि नेपालगन्ज ल्याइएको छ । को–पाइलट रानाको आपत्कालीन अवतरणलगत्तै र क्याप्टेन न्यौपानेको उद्धारपछि मृत्यु भएको स्थानीयले बताएका छन् ।
को–पाइलट राना पूर्वमन्त्री एवं एमाले नेता दलबहादुर रानाका कान्छा छोरा हुन् । क्याप्टेन न्यौपाने भने डोल्पा निवासी हुन् ।
नेपालगन्जबाट दिउँसो १२ बजेर ५० मिनेटमा जुम्लाका लागि उडेको विमानलाई उडेको २५ मिनेटमा आपत्कालीन अवतरण गराइएको थियो । आपत्कालीन अवतरणलगत्तै त्यसमा सवार यात्रुहरुले नै मोबाइलबाट खबर गरेको नेपालगन्ज विमानस्थलले जनाएको छ ।
विमान उडेको केही समयमै पंखाले काम गर्न छाडेपछि चालकले आफूहरुलाई खबर गरेको र कालिकोट पु¥याएर खेतमा अवरतरण गराएको घाइते यात्रुहरुले बताएका छन् ।

दुर्घटनालगत्तै घटनास्थलमा पुगेका स्थानीयहरुले आफूहरु पुग्दा एकजना चालक पनि जीवितै रहेको र उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताएका छन् ।
घटनापछि कालिकोटको पादमघाट प्रहरीचौकी, शेराबाडा प्रहरीचौकी र सदरमुकाम मान्म र जुम्लाबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलतर्फ गएका थिए ।
यस्तै, जिल्ला स्वास्थ्य कार्यालय जुम्लाबाट पनि दुर्घटनास्थलतर्फ स्वास्थ्यकर्मीको टोली गएको थियो ।
कालिकोट सदरमुकाम मान्मबाट ४० कोष टाढापर्ने अति दुर्गम स्थानमा भएको घटनास्थलमा हेलिकोप्टर भने तीन घन्टापछि मात्रै पुगेको थियो ।
स्थानीय बासिन्दाले समयमै खबर गर्दा पनि हेलिकोप्टर जान ढिलाइ भएको र समयमै उद्धार हुन नसक्दा जीवितै बाहिर निकालिएका पाइलटको मृत्यु भएको बताएका छ