वि.सं. २०७२ साल माघ २८ गते बिहीबार अनुसार तपाइको आजको राशिफल हेर्नुहोस
हेल्लो शुभ बिहानी सबैलाई हेर्नुहोस आजको पञ्चाङ्ग अनि राशिफल
श्रीसूर्य उत्तरायण शिशिर ऋतु, कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ २८ गते बिहीबार नेपाल सम्बत ११३६ शिल्लाथ्व ,सन् २०१६ फेव्रुअरी १० तारिक शुक्लपक्ष चतुर्दशी तिथी । सूर्य मकर राशीमा, चन्द्रमा मेष राशीमा ।
मेषः–श्रीसूर्य उत्तरायण शिशिर ऋतु, कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ २८ गते बिहीबार नेपाल सम्बत ११३६ शिल्लाथ्व ,सन् २०१६ फेव्रुअरी १० तारिक शुक्लपक्ष चतुर्दशी तिथी । सूर्य मकर राशीमा, चन्द्रमा मेष राशीमा ।
mesh
घर परिवारबाट सहयोग पाईनेछ । घरमा जमघट बढ्नेछ । भौतिक सम्पति बढ्नेछ । आम्दानीका नयाँ क्षेत्र फेला पर्ने छन् । उद्योग पराक्रम बढ्नेछ । व्यापार पनि बढ्ला ।
वृषः–
brish
काम गर्ने जोश जागर बढ्नेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । घर बाहिर बसेर गरेका काम बढि उपलब्धिमूलक रहने छन् । अधुरा काम बन्ने छन् ।
मिथुनः–
mithun
मन चञ्चल हुनेछ । बाहिरी कामको अलमलमा पर्दा आफ्ना कामले गति लिने छैन । काम गरेर जश कमै मिल्नेछ । आर्थिक कारोवारमा तनाव हुन सक्छ । यात्राको सम्भावना देखिन्छ ।
कर्कटः–
karkat
शारीरिक एवं मानसिक रुपमा काम गर्न असक्षम हुनुहुनेछ । काम गर्ने वातावरण पनि मिल्ने छैन । अनावस्यक काममा समय र धन खर्च हुनेछ । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनु होला ।
सिंहः–
sinha
वैदेशिक कार्य योजनले मुर्तरुप लिनेछ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । यात्राको योग पनि देखिन्छ ।
कन्याः–
kanya
आफुले गरेका कामले आफुलाई भन्दा अरुलाई बढि फाइदा हुन सक्छ । विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सजग भई काम गर्नु होला । मेहनतका साथ गरेका काम सफल हुनेछन् ।
तुलाः–
tula
पढाई लेखाईमा ध्यान केन्द्रित हुनेछ । काम गर्दा अलमलमा नपरि गर्नु होला । आफुले ढिलो गर्दा अरुले फाइदा लिनेछन् । दैनिक काम काज सुचारु रुपले अगाडि बढ्ने छन् ।
वृश्चिकः–
brischik
पारिवारिक सुख शान्ति मिल्नेछ । काम गरेर जश भने कमै पाईनेछ । शारीरिक शिथिलता बढ्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ ।
धनुः–
dhanu
मनोबल उच्च गरि काममा प्रवेश गर्न होला गरेका काम सफल हुनेछन् । न्यायिक,बैदेशिक तथा वित्तिय क्षेत्र मजबुत देखिन्छ । अर्थ अभावले काममा सामान्य ढिला सुस्ति हुनसक्छ ।
मकरः–
makar
जीवन साथिको सहयोग लिएर काम गर्नु होला अवस्य सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट पनि सामान्य आम्दानी हुनेछ । धन दिने काम भने आज नगर्नु उचित हुनेछ ।
कुम्भः–
kumbha
आत्मबल बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलमा सम्पादन हुनेछन् । स्वतन्त्र व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । पढाईमा भन्दा कमाईमा ध्यान जानेछ ।
मिनः–
min
अनावस्यक खर्च बढ्नेछ । व्यापार व्यवसायबाट आय भन्दा व्यय बढि हुने देखिन्छ । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनु होला । पढाई लेखाईमा अवरोध आउन सक्छ ।