शाहरुख खानमाथि ढुंगा मुढा र चर्को नारावाजी नरेन्द्र मोदीको गाउँमा शाहरुख पुग्दा भयो घटनाः तस्विर सहित!!!
बलिउड अभिनेता शाहरुख खानमाथि ढुंगा मुढा र नारावाजी भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर अहमदाबादमा शाहरुख खानलाई आक्रमण गरिएको हो ।
‘रईस’ भन्ने फिल्मको सुटिङका लागि अहमदाबा पुगेका शाहरुखमाथि होटलको पार्किङस्थलमा ढुंगामुढा भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मोदी सरकारले देशमा असहिष्णुता बढाएको भन्दै मोदीको गृहनगर गुजरातमा बलिउड कलाकारहरुको विरोध भइरहेको छ । शाहरुख खान र आमिर खान लगायतका कलाकारले देशमा असहिष्णुता बढाएको बताएपछि उनीहरु हिन्दुबादी संगठनहरुको तारोमा परिरहेका छन्