-को को सवार थिए दुर्घटनाग्रस्त विमानमा ? कसरी भयो दुर्घटना ..? पढ्नुहोस् पुरा समाचार


११ : २०  update : पोखरा फागुन १२–पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज म्याग्दीको रुप्से छहरामा दुर्घटनाग्रस्त भएको छ ।

पोखरा विमानस्थलबाट विहान ७ बजेर ४७ मिनेटमा यात्रु लिएर उडेको जहाज म्याग्दी र मुस्ताङको सिमा क्षेत्र रुप्सेमा दुर्घटना भएको नेपाली सेनाले जनाएको छ ।

जहाजमा चालक दलका तीन सहित २३ जना सवार थिए । उनिहरुमध्ये दुई वालक सहित ९ महिला र १४ पुरुष छन् । जहाजम सवार रहेकाको अवस्था भने अज्ञात छ । नाइन एनएचएच कलसाईनको जहाज उडान भरेपछि घोरेपानीसम्मको क्षेत्रमा सम्पर्क भएको र त्यसपछि सम्पर्क वाहिर गएको थियो ।

चालक रोशन मानन्धरले उडाएका थिए । हराएको विमानको खोजीको लागि पोखराबाट दुई वटा हेलिकप्टर परिचालन गरिएको छ । जहाजमा पोखराबाट जोमसोम २० मिनेटमा पुग्न सकिन्छ ।
यसैबीच म्याग्दीका पत्रकार सन्तोष गौतमले अहिले घटनास्थलमा अहिले हेलिकप्टरमार्फत उद्दार टोली जाने प्रयासमा रहेको छ । तर खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर घटनास्थलसम्म पुग्न सकेको छैन । घटनास्थल अति विकट क्षेत्रमा पर्ने बताइएको छ ।
…………………………………….
11:01 UPDATE: दाना गाविसमा भेटिएको भनिएको विमान खोज्न प्रहरीहरु ६–७ घण्टाको उकालो चढेर जाँदै छन् । कास्की प्रहरी प्रमुख विश्वराज खड्काका अनुसार अहिले आधा–आधा मात्र पुगेका छन् प्रहरीहरु । विमानबारे अहिले कहाँ के भन्नेबारे केही थाहा नभएको कारण अझैं विमानबारे केही विवरण आउन ४–५ घण्टा लाग्ने बताएका छन् ।

10:45 UPDATE: पोखराबाट रातोपाटी सहकर्मी अथक पौडेललका अनुसार म्याग्दीको रुप्से छहरो नजिक आगोलागी भएको र धुँवा देखिएको भन्ने सूचना आएकाले विमान त्यही खस्यो कि भन्न आशंका रहेको कास्की प्रहरी कन्ट्रोल रुमले जानकारी दिएको छ । अहिले आगो लागेतिर सुरक्षाकर्मी परिचालन गरिएको छ ।
हराएको विमान खोजीको लागि अहिले दुईवटा हेलिकोप्टर प्रयोग गरिएको छ । पोखरावाट मुस्ताङ पुग्न १८ मिनेट लाग्दछ । खोजी कार्य जारी रहेकोले थप विवरण प्राप्त हुन बाँकी नै छ ।

10:38 UPDATE:  प्लेनमा को–को थिए सवार ?

चालकदल
१. पाइलट रोशन मानन्धर
२. कोपाइलट विकेश एमफूल
३ं एअर होस्टेस रमा रावल

यात्रु

४. फेन्जोक गुरुङ
५. लक्ष्मी हिराचन
६. पवित्रा केसी
७. रहरसिद अहमद
८. रेवती बराल
९ विनिता भट्टचन
१०. बालकृष्ण निउरे
११. मुक्तिनाथ बास्तोला
१२.कृष्णलाल भट्टचन
१३. कान्छा परियार
१४. डोल्पाछिरिङ शेर्पा
१५. राजकुमार तामाङ
१६.कमला थकाली

१७. म्याक्सु वाइन्जी
१८. लेप्साङ लामा
१९. देवीजंग गुरुङ
२०. दीलकुमारी गौचन
२१. मोतीबहादुर केसी

२ बालबालिका

10:30 UPDATE: काठमाडौं – पोखराबाट जोमसोम उडेको तारा एयरम २ जना बच्चासमेत रहेको सूचना प्राप्त भएको छ । तारा एयरका मिडिया कोओर्डिनेटर भिम राईले २ बालबालिका पनि रहेको र विमानमा बालबालिकासहित २३ जना सवार रहेको जानकारी दिए ।

…………………………………………………………

कास्की प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनादीका अनुसार म्याग्दीको दाना गाविसमा विमान फेला परेको खबर आएको बताए तर, विमान भेटिएको भनिएको जिल्ला म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले विमान भेटिएको बारे आफूलाई थाहा नभएको बताए ।

…………………………………………………………

काठमाडौं –  पोखराबाट जोमसोमको लागि उडेको कल साइन 9N-AHH भएको तारा एयरको जहाज ८ः१५ बजेदेखि सम्पर्कबिहीन भएको छ । पोखरा विमानस्थलबाट बुधबार बिहान ७ बजेर ५० मिनेटमा जोमसोमको लागि उडेको जहाज सम्पर्कबिहीन भएको हो ।

तारा एयरलाइन्सका मिडिया कोर्डिनेटर भिम राईले विमानमा चालक दलका ३ सदस्य सहित २३ जना रहेको जानकारी दिए । उनका अनुसार २ जना विदेशी र १६ जना नेपाली  यात्रु रहेका छन् । ‘अहिलेसम्म सम्पर्क भएको छैन । हामीले खोजी जारी राखेका छौं,’ उनले भने ।

ann

तारा एयरका अधिकारीहरुले हराएको प्लेनको खोजीको लागि हेलिकप्टर त्यसतर्फ जान लागेको बताए ।

…………………………………………………………

कास्की प्रहरीका एसएसपी महेन्द्र कुमार पोखरेलका अनुसार ८:१० सम्म म्याग्दीको घोडेपानी एरियामा जहाज सम्पर्कमा रहेको थियो ।

पोखरेलका अनुसार विमानका क्याप्टेन रोशन मान्नधर कोपाइलट दिकेश नेमकुल र एयर हास्टेस रमा राउत रहेका छन् । विदेशी यात्रुमा १ जना कुवेती नागरिक र एक चिनिया नागरिक रहेको उनको भनाई छ ।

जहाज म्याग्दी जिल्लाको दाना गाविस आसपास हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।