३.मधेसको माग पूरा गर्न कोइरालाको भूमिका
संविधान जारी भएपछि तराई मधेसमा आन्दोलन चर्कियो । आन्दोलनको माग सम्बोधन गर्नको लागि कोइराला नेतृत्वको सरकारले नै संविधान जारी गरेको दुई साता पछि पहिलो पटक संविधान संशोधनको प्रस्ताव दर्ता गराएको थियो । समयमा नै संविधान संशोधनको प्रस्ताव गर्न नसकेपछि कोइरालाकै नेतृत्वमा संसद अवरुद्ध भयो । पछि केपी ओली नेतृत्वको सरकारले कांग्रेसको दबाब थेग्न नसकेपछि बाँध्य भएर संविधान संशोधन विधेयक पास गरेर तराई मधेसको माग सम्बोधन गर्ने काम ग¥यो । सीमाकंन बाहेक समानुपातिक र जनसख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने गरी संविधान संशोधन भएपछि पाँच महिनादेखि जारी मधेसी मोर्चाको आन्दोलन स्थगित भएको छ । संविधान संशोधन भएपछि चार महिनादेखि भारतले गरेको नाकाबन्दी खुलेको छ ।
४.समृद्ध नेपाल बनाउने सपना अधुरै भो
कोइरालाले गर्ने हरेक भाषणमा सधै देशको उन्नती र समृद्धि जोडिएको हुन्थ्यो । देशमा अथाह प्राकृतिक स्रोत साधनको अधिकतमा प्रयोग गर्नुपर्नेमा कोइरालाले सधै जोड दिए । सरकारको नेतृत्व गर्दा पनि उनले सधै देशलाई अब विकास र समृद्धि चाहेको भन्न छुटाएनन । संविधान जारी भएपनि कोइराला झन उत्साहित भए । अब देशलाई संविधान कार्यान्वयनसंगै आर्थिक समृद्धिको गतिमा अगाडि बढाउनु नै एक मात्र मुल मन्त्र रहेको कोइरालाले सधै आत्ममनन गरे । भुकम्पपछिको पुननिर्माणको लागि पनि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता कोइरालाले दोहो¥याएर कार्यान्वयन पनि गर्दै आए ।
५.विवादमुक्त हुन सकेनन कोइराला
हरेक मानिस विवादमुक्त हुन सक्दैन भनेझै देशको नेतृत्व गर्ने र पार्टीको नेतृत्व गर्ने कोइराला पनि विवादबाट अछुतो रहेनन । संविधान जारी भएपछि कोइरालाले पुनः दोहो¥याएर प्रधानमन्त्रीमा उम्मेदवारी दिए । पार्टीभित्रको दबाब वा बाहिरी चलखेल जे सुकै भएपनि आफ्नो अडानमा कोइराला अडिन सकनेन । एमालले कोइरालाले भद्र सहमति तोडेको आरोप लगायो । तर पनि कोइरालाले आफूलले लोकतान्त्रिक अभ्यास गरेकोप्रति कुनै दुःख नलागेको कोइरालो जवाफ दिएका थिए । पार्टीभित्र पनि कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच सधै टकराव परिर्यो । ६०÷४० को भागवण्डाको कारण पार्टीमा सबै भन्दा बढी दबाब कोइरालले झेल्न पुगे ।
चार दलबचि भएको भद्र सहमति अनुसार कोइरालाको नेतृत्वमा संविधान जारी गर्ने र त्यसपछि केपी ओलीको नेतृत्वमा सरकार गठन गर्ने भद्र सहमति भएको थियो । साथै दलहरुको बीचमा कोइरालालाई राष्ट्रपति बनाउने भद्र सहमति भएको थियो । तर पछि प्रधानमन्त्रीको निर्वाचनमा उनले दोहोर्याएर उम्मेदवारी दिएपछि राजनीतिक समिकरणमा परिवर्तन भएको थियो । ७९ बर्षको उमेरमा उनलाई राष्ट्रपति बन्ने अवसर पनि मिलेको थियो । तर राजनीतिक घटनाक्रमले अन्तिम समयमा आएर कोइरालो उक्त अवसर गुमाएका थिए
