२५ दिन देखि दिल्लीमा सिके राउत, चल्दैछ छापामार तालिम, यता विप्लवको युद्ध योजना बन्दै!
ज्यान हेर्दा फूर्तिलै छ, महन्थ ठाकुर र राजेन्द्र महतोको जस्तो उमेर पनि ढल्किरहालेको हैन, शारिरीक उपचार भनौँ कुन अस्पतालमा झुल्किए त्यसको जानकारी छैन, राजनीतिक परामर्श मानौँ क–कसलाई भेटे व्यवहोरा कतै सार्वजनिक पनि भएको छैन ।
२५ दिनदेखि सिके राउत दिल्लीतिरै व्यस्त छन् । तर उनका सक्रियता केका लागि हो खुल्न सकेको छैन । एकातिर उनी दिल्ली भएकै प्रशिक्षणमा व्यस्त हुनु अचम्मको संयोग देख्न पाइएको छ ।
यसअघि मधेसी मोर्चाको आन्दोलनमा सिकेका कार्यकर्ताहरु मिसिएका हुन्थे तर अहिले रुपन्देही, कपिलवस्तु, नवलपरासी, सिरहा, सप्तरीमा तालिम चलाउँदैछन् । छापामार शैलीमा तालिम दिने क्रम जारी छ ।
फेरि ३० भन्दा बढी जिल्लामा जनसरकार घोषित गरिसकेका विप्लव समुहले केन्द्रिकृत रुपमा होइन स–सानो समुह बनाएर हिट एण्ड रन को गतिविधी गर्न लागेको केन्द्रीय सुरक्षा समितिलाई जानकारी छ । जनआस्था साप्ताहिकमा खबर छ