बोल्नु पर्ने ठाउमा सामेल हुनलागेको बेला स्वर बसेर समस्यामा हुनुहुन्छ ? स्वर खुल्ने केहि सजिला उपायहरु यस्ता छन्

मौसमी रुधा खोकि सामान्य मानिने हाम्रो समाजमा कुनै बेला स्वर वसेर धेरै अस्जिलो परेको हुन सक्छ । खासगरी चिसो मौसममा घााटी दुख्ने र स्वर बस्ने समस्याले सताउने गर्दछ । बोल्दा घााटीमा पीडावोध हुन्छ । बोली नबुझिने हुन्छ । यसबाट बच्नका लागी केहि घरेलु उपायहरु पनि छन् ।





असुरो, हर्रो, पिपला र बोझोलाई समान मात्रा मिलाइ चूर्ण बनाउने अनि यस चूर्णलाई नियमित सेवन गरे घााटी बसेको निको हुन्छ ।
खयरलाई तोरीको तेलमा भिजाएर मुखमा राखिरहने गरेपनि घााटी दुखेको तथा स्वर बसेको समस्यामा आराम हुन्छ ।
सानो पिपला र सानो हर्रो दुबै समान मात्रामा मिसाइ चूर्ण सेवन गरेमा पनि स्वरभङ्गको समस्याबाट पार पाइन्छ । अथवा, मिश्री र सूठोलाई मिसाएर महसाग खाने गरेमा पनि आराम हुन्छ ।
यदि तपाईको गला बसेको छ भने तातोपानीमा हिङ मिसाएर केहिवेर घाटिमा राख्ने र त्यस पछि निल्नाले गला केहि बेरमै खुल्छ ।
यस्तै निमको पात चपाएर यसको रस निल्दापनि गला खुल्न सहयोग गर्छ ।
सालीको चामल र दुबो एकै साथ चपाएर निल्नाले खोर खुल्छ ।