हेल्लो, शुभ बिहानी सबैलाई हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफलआजको पञ्चाङ्ग श्रीसूर्य उत्तरायण शिशिर ऋतु,कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ २२ गते शुक्रबार नेपाल सम्वत ११३६ पोहेलागा,सन् २०१६ फेव्रुअरी ५ तारिक कृष्णपक्ष द्धाद्धशी तिथि ।

हेल्लो, शुभ बिहानी सबैलाई हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल
.....................................................................................
आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण शिशिर ऋतु,कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ २२ गते शुक्रबार नेपाल सम्वत ११३६ पोहेलागा,सन् २०१६ फेव्रुअरी ५ तारिक कृष्णपक्ष द्धाद्धशी तिथि । 
------------------------------------------------------------------------------
आजको राशिफल
मेषः– समयले विस्तारै साथ दिन छोड्ने छ । काम गर्ने जोश जागर घट्ने छ । अनावस्यक झै झमेला आइलाग्न सक्छन् । विचार पु¥याउन सकिएन भने दुर्घटनामा परिने सम्भावना छ ।
-------------------------------------------------------------------------------
वृषः– अनावस्यक विषय बस्तुमा टाउको दुखाउनु पर्ला । आफ्ना काममा भन्दा पनि अरुका काममा टाउको दुखाई बढि हुने छ । आर्थिक पक्ष कमजोर हुदा पनि काममा ढिलाई हुने देखिन्छ । 
-------------------------------------------------------------------------------
मिथुनः– कामले विस्तारै गति लिनेछ । विरोधी पनि शरणमा आउने बातावरण बन्ला । गिरेको मनोबल उठ्ने छ । काम गर्ने जोश जागर पनि विस्तारै बढ्ने छ । व्यापारमा खासै प्रगति हुने छैन । 
-------------------------------------------------------------------------------
कर्कटः– समयले साथ दिनेछ । काम गर्न पछि नपर्नु होला । आज गरेका काम उदाहरणीय हुनेछन् । काम गरेर धन पनि कमाउन सकिने छ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।
-------------------------------------------------------------------------------
सिंहः– समग्र दिन अनुकुल भन्दा प्रतिकुल देखिन्छ । काममा अवरोध आउने देखिन्छ । अशुभ समाचारले मनमा चिन्ता थप्ने काम गर्ने छ । व्यापारमा गिरावट आउने छ । 
-------------------------------------------------------------------------------
कन्याः– कुनै काम गर्नु छ भने मध्यान्ह पूर्व गर्नु होला उप्रान्त समय प्रतिकुल बन्ने छ । व्यापार व्यवसायमा पनि गिरावट आउने छ । बन्न लागेका काम पनि विग्रिन सक्छन् सर्तक रहनु होला । 
---------------------------------------------------------------------------------
तुलाः– प्रातकालिन समय सामान्य अशुभ देखिन्छ । कुनै पनि काम गर्दा हेलचक्रयाई नगर्नु होला । मध्यान्ह देखि भने समयले थोरै साथ दिनेछ । काम गर्दा मनोबल नगिराउनु होला । 
---------------------------------------------------------------------------------
वृश्चिकः– काम गर्दा आर्थिक कुरालाई पनि ध्यान दिनु होला । आफन्तका कारण काममा सामान्य सहयोग पुग्न सक्छ । सम्पतिको विषयमा कुरा कानी नगर्दा आज राम्रो हुने छ । समस्या आइलाग्न सक्छ ।
-------------------------------------------------------------------------------
धनुः– विस्तारै कार्य क्षमता बढ्ने छ । काम गर्दा बाहिरी कुरालाई पनि ध्यान दिन नभुल्नु होला । आज गरेका काम अधिकाँश सफल हुने देखिन्छ । व्यापार व्यवसायमा पनि सुधार आउने छ ।
------------------------------------------------------------------------------
मकरः– मानसिक चिन्ता बढ्ने छ । आफ्नै कारण काम काजमा विलम्व हुने छ,जसका कारण अरुले फाइदा लुट्ने छन् । समस्याको घेराबाट बाहिर जान पाईने छै्रन । खर्च बढ्ने छ ।
------------------------------------------------------------------------------
कुम्भः– आफन्तका कारण काम काजमा विलम्ब हुने वा विग्रिने सम्भावना देखिन्छ । आफन्त नै भए पनि गोप्य कुरा नखोल्नु होला । विरोधीको सक्रियता बढ्ने छ । आम्दानीको सम्भावना देखिन्छ ।
-----------------------------------------------------------------------------
मिनः– मनोबल बढ्ने छ । नविन कार्यको बारेमा विचार विमर्श हुने छ । व्यापार व्यवसायमा पनि सम्भावना राम्रै देखिन्छ । काम गर्ने जोश जागर बढ्ने छ । आम्दानी पनि बढ्ला । 
================================================
ज्योतिष श्री वेदनिधि तिमिल्सिना, पोखरा