दुबईमा क्रेनले च्यापेर एक नेपालीको घटनास्थलमै मृत्यु
माघ २५, दुबईमा काम गर्ने स्थानमा दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ ।
सर्लाही ४ घौकोलीका रामविलास महतोको कम्पनीमा काम गर्दा क्रेनले च्यापेर ज्यान गएको हो । आठ वर्षदेखि दुबईको अलकुजमा रहेको युनाइटेड प्रिकास्ट कंक्रिट कम्पनीमा काम गर्दै आएका महतो शुक्रबार दुर्घटनामा परेका हुन् ।
कम्पनीको सामान उठाउने क्रेनको भित्तामा राखिएको इलेक्ट्रिक रिमोट भुलवस छात्तीले दबेपछि क्रेनको माथिल्लो भागले च्यापेर महतोको घटनास्थलमै ज्यान गएको हो । उनको शव अहिले दुबईको अल रशिद अस्पतालमा राखिएको छ ।
युएई नेपाली एकता समाजका अध्यक्ष कृष्ण केसीले कानुनी पक्रिया पूरा गरेर शव नेपाल पठाउने तयारी गरिएको बताएका छन् । मृतक महतोको श्रीमती र तीन छोरी छन् ।