उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको क्वार्टरफाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित हुन पुगेको छ । बंगलादेशको ढाकामा भएको खेलमा नेपाल आयोजक टोलीसँग ६ विकेटले पराजित हुन पुगेको हो । औषत रनको लक्ष्य दिएपनि बलिङ तथा फिल्डिङमा राम्रो प्रदर्शनका बाबजुद नेपाल पराजित भएपछि नेपालीहरु निराश भएका छन् ।
बङ्गलादेशको ढाकास्थित शेर-ए-बंगला रङ्गशाला मिरपुरमा जारी खेलमा नेपाली टिमका ब्याट्सम्यानहरुले शुरुमा सम्हालिएर प्रदर्शन गरेपनि टिक्न भने सकेनन् । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ७२ रन बनाए। उनले ८० बलमा ७२ रन बनाएका थिए । तर उनको योगदान टिमलाई जिताउन प्रयाप्त भएन ।
नेपालका सन्दीप सुनार ७ रन, योगेन्द्र सिंह कार्की १ रन, सुनिल धमला २५ रन, अरिफ शैख २१ रन, कप्तान राजु रिजाल ७२ रन, राजवीर सिंह ९ रन र कुशल भुर्तेल १४ रन बनाएर आउट भएका थिए । कप्तान राजु रिजालले भने कप्तानी पारी खेल्दै रिजालले ८० बलमा ७२ रन बनाएपनि उनको पारी आयोजक टिमलाई हराउन भने सकेन ।
नेपाली अण्डर १९ टिमका कप्तान राजु रिजालले आफूहरुले २५ ओभरपछि बंगलादेशसँगको खेल गुमाएको प्रतिक्रिया दिएका छन् । पोष्ट म्याच प्रिजेन्टेसनमा बोल्दै राजुले भने, “हामीले २५ ओभरपछि विकेटको क्लच गुमायौं, अनि २५-३० रन घाटा भयो” ।
आयोजक बंगलादेशसँग ६ विकेटले पराजित भएपछि राजुले यस्तो प्रतिक्रिया दिएका हुन् । आजको खेलमा उनले केवल ८० बलमा ७२ रन बनाएका थिए ।
यसअघि नेपालले सन् २० ०२ मा न्युजिल्यान्डमा पहिलोपटक प्लेट च्याम्पियनसिपको फाइनल पुग्दा बंगलादेशमाथि सेमिफाइनलमा २३ रनको स्मरणीय जित हात पारेको थियो । तर अहिले बंगलादेश त्यसबेलाको भन्दा निकै शक्तिशाली बनेको पुष्टी गरेको छ ।
नेपालले खेल नजितेपनि नेपालीको मन जितेको प्रतिक्रिया आइरहेको छ । धेरैले नेपाली खेलाडीको प्रशंसा गर्दै उत्कृष्ठ खेल खेलेको भनेका छन् ।
बंगलादेशमा नेपालले गुमायो एउटा ठूलो अवसर जित्नै लागेको खेल हार्दा नेपाललाई लागेको ठूलो घाटा के पढ्नुस्