भारतलाई हराउँदै वेस्टइन्डिजले उचाल्यो यू-१९ विश्वकप
काठमाडौंः डिफेन्डि च्याम्पियन भारतलाई पराजित गर्दै वेस्टइन्डिजले यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
बंगलादेशको ढाकामा आइतबार भएको उपाधि भिडन्तमा वेस्टइन्डिजले पहिलो पटक विश्वकपको उपाधि उचाल्ने क्रममा भारतलाई पाँच विकेटले पराजित गरेको हो ।
उपाधि भिडन्तमा पहिले ब्याटिङ गर्दै भारतले ४५.१ ओभरमा सबै विकेट गुमाउँदै दिएको १४६ रनको सामान्य लक्ष्य वेस्टइन्डिजले ५ विकेटको क्षतिमा ४ बल अगावै भेटाउँदै पहिलो पटक उपाधि चुम्न सफल भएको हो ।