सुष्मा स्वारजको नेतृत्व भनिएपनि कुरा अर्कै मोदीले नाकाबन्दीका प्रमुख योजनाकारलाई काठमाडौं पठाएका थिए किन आए भारतका खतरनाक जासुस काठमाडौं? पढ्नुस्!!
मधेशी नेताहरु जति चिच्याएपनि लोकले सजिलै बुझेको कुरा थियो नाकाबन्दी भारतले लगाएको हो र यो भारतले खोलेपछि खुल्छ । हुन पनि यस्तै भयो । तर नाकाबन्दी गरेर नेपालमाथि अनावश्यक पीडा थोपर्ने भारतलाई पछिल्लो पटक पूर्वप्रधानमन्त्री एवै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनले भने सजिलो पाारिदियो । यही मौका पारेर नेपालमाथि नाकाबन्दी थोपर्ने मुख्य शुत्राधार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल समेत काठमाडौं आएका छन् ।

विदेश मन्त्री सुष्मा स्वराजले यो टोलीको नेतृत्व गरेपनि अजित डोबललाई नै भारतीय प्रतिनिधि मण्डलको प्रमुख मानिएको छ ।
अजित डोबलको टोलीले काठमाडौं ओर्लिएको केही घण्टामै नेपालका राष्ट्रपति देखि प्रधानमन्त्री सम्मलाई भेटेर कुराकानी गरिसकेको थियो । भारतीय टोलीको भ्रमणलाई भारतीय विदेशमन्त्रालयले नेपालको दुःखमा भारतको साथ भन्ने स्टाइलमा निक्कै प्रचार गरिरहेको छ । नेपालमा नाकाबन्दी लाग्दै नलागेको दावी गर्ने भारतीय विदेशमन्त्रालयका प्रवक्त विकाश स्वरुपले भारतीय टोली काठमाडौं आए देखि राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटे सम्मका हरेक पलका अपडेट गरिरहेका थिए ।

त्यसैगरी केही समय भित्रै कांग्रेसका उपसभापति रामचन्द्र पौडैल, बरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्ण सिटौला र विदेश विभाग प्रमुख सुजाता कोइरालासँग पनि भेटेको थियो । कोइरालाप्रति श्रद्धान्जलि व्यक्त गरे लगत्तै स्वराज सहित भारतीय भारतीय टोली बालुवाटार र त्यसपछि शितल निवास पुगेर संक्षिप्त भेटवार्ता गरेको थियो । उक्त भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल भारत सम्बन्ध र प्रधानमन्त्रीको निकट भविष्यमा हुने भारत भ्रमण बारे छलफल भएको थियो ।
को हुन् अजित डोबल
नेपालमाथि करिव ५ महिनासम्म लादिएको अघोषित नाकाबन्दीका प्रमुख शुत्राधार मानिएका भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल मोदी सरकारमा भने विदेश र खासगरी छिमेकी नीति हेर्ने मुख्य ब्यक्ति हुन् । मोदीका निकट विश्वास पात्र भएका कारण भारतीय जासुसी संस्था रअ र आइबीले पनि आफ्ना रिपोर्टहरु डोबललाई बुझाउने गर्छन् । मोदीले आफ्नो कार्यभार सुम्पिएका डोबल भारतका पुराना तर सफल जासुस हुन् । नेपाली भाषी बस्ने सिक्किमलाई भारतमा विलय गराउँदा डोबलले नै मुख्य योजना बनाएर सफल भएको विश्वास गरिन्छ । मोदीले आफू सत्तामा आएपछि डोबललाई पुनः शक्तिशाली जिम्मेवारी सुम्पिएका थिए । पाकिस्तानका विज्ञ मानिने डोबलले नेपाल नीति पनि हेरिरहेका छन् । सन् १९९९ मा काठमाडौंबाट उडेको इन्डियन एयरलाइन्सको विमान अपहरणको समयमा अपहरणकारीसँग डिल गर्ने पनि उनै डोबल थिए ।
बुधबार प्रकाशित एक साप्ताहिकका अनुसार भारतले नाकाबन्दी खोलेपनि नेपालमा दीर्घकालीन समस्या पैदा गरेर तराइमा नियन्त्रण जमाउने षडयन्त्र बनाएको छ । उक्त साप्ताहिकका अनुसार मधेसकेन्द्रित राजनीति गर्ने दलका नेता बीचमै ठूलो अन्तरविरोध रहेको र त्यसलाई सहयोग गरेर मात्र तराईलाई अलग बनाउन नसकिने बुझाइअन्तर्गत पहिचान र परिचयको नाममा अन्तर्राष्ट्रिय गेम प्लान सुरु गर्ने सम्भावना रहेको छ । भारतले पहिलो कोर्स अन्तर्गत तराईमा एकपछि अर्को गर्दै विभिन्न मुद्दा उठाएर कश्मिर मुद्दाजस्तो कहिल्यै समाधान हुन नदिने र दोस्रो कोर्सअन्तर्गत हत्या र हतियारको राजनीति गर्ने समूहलाई उचाल्ने, सीमावारिबाटै नेपालमा आतंक फैलाउन सक्ने विश्लेषण गरिएको छ ।उसले त्यसका लागि बिहार र उत्तर प्रदेशको भूमि प्रयोग गर्ने र त्यहींकै समूहलाई परिचालित गर्न सक्ने विश्लेषण पनि छ । पछिल्लो सयम नाकाबन्दी खुलेसँगै तराईमा घटिरहेका हत्या हिंसाका श्रृंखालले पनि त्यही संकेत गरेको सेनाको बुझाई छ । तर, नेपालको तराई क्षेत्रलाई अलग पार्ने तत्कालीन योजना नभए पनि त्यसलाई भारतको दीर्घकालीन योजनाका रुपमा सेनाले व्याख्या गरेको छ ।
नेपालमाथि नाबन्दी थोपरेर अचाक्ली पीडा दिएपनि भारतले यसको औचित्य पुष्टि गरेको छैन । नेपालको परनिर्भर राजनीति र भारतको आशिर्वादका लागि मरिहत्ते गर्ने नेताहरुका कारण सायद भारतले यसको औचित्य पुष्टि गर्ने धामा गरिराख्नु पर्ने पनि छैन । यद्यपी नाकाबन्दीले धुमिल बनेको छवि सुधार्न र प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमण अघि भारतीय ‘ठूल्दाइ प्रवृत्ति’ सहितको सदभाव प्रकट गर्न मोदीले आफ्ना सबैभन्दा विश्वास पात्र अजित डोबललाई नै काठमाडौं पठाएका छन् । ट्याक टू डिप्लोमेसी पनि भनिने यस्तो ब्यवहारका बेला अनेक घातक सम्झौता र सौदाबाजी समेत हुने गरेको बताइन्छ । अजित डोबलको काठमाडौं यात्रापछि कतिपय विदेश मामिला विश्लेषकहरुले शंकास्पद ब्यवहारको आशंका गरेका छन्


