कोइरालाको निधनप्रति आसु झार्दै गगन थापाले के भने ? कोइरालाको सपना अबको कांग्रेसले पुरा गरेर छाड्ने द्धृढता

कोइरालाको सपना अबको कांग्रेसले पुरा गरेर छाड्ने द्धृढता -
काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति नेता गगन थापाले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
कोइराला निवासमा भेटिएका काँग्रेस युवा नेता थापाले कोइरालाको निधन पत्याउन नसकेको बताउनुभयो । यति भन्दाभन्दै उहाँको आँखाबाट आसु झरिसकेको थियो ।
कोइरालाको नेतृत्वमा संविधान निर्माण भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “काँग्रेसको एउटा धरोहर ढलेको छ, अब उहाँले लोकतन्त्रका लागि अविचलित भएर लडेको कुराबाट सिक्दै हामी अघि बढ्नुपर्छ ।”
उहाँले कोइरालाको सपना अबको कांग्रेसले पुरा गरेर छाड्ने द्धृढता व्यक्त गर्नुभयो ।
महाराजगञ्जमा नेता गगन थापा: