दम, टंसिल, भोक जगाउन, कफ जमेर गाह्रो भएमा ,स्त्रीको मासिक धर्म रोकिएमा एउटै अचुक उपाए : मह

आयुर्वेदिक औषधीय गुण भएको  खाए पनि ठीक लाए पनि ठीकु बहुउपयोगी वस्तु महलाई यस्तै धेरै गुणहरूको आधारमा अमृत पनि भनिन्छ । फरक मौसममा फरकफरक प्रकृतिका वनस्पतिहरू फुल्ने हुनाले महको रङ र स्वाद पनि फरकफरक प्रकृतिको नै हुन्छन् ।

 जस्तै, जाडो मौसममा फुल्ने तोरी वा च्यूरीको फूलबाट तयार भएको मह जमेर सेतो रङ देखिन्छ । जाडो मौसममा नजमेको महलाई मौरी विज्ञहरू राम्रो मान्दैनन् । राम्रो पूर्ण प्राकृतिक मह जाडो मौसममा जम्नु पर्दछ । विविधताले धनी हाम्रो देशमा पाइने वनस्पतिहरूमा महìवपूर्ण आयुर्वेदिक औषधीय गुण भएको मह पाइने भएको हुनाले विश्वमा नै नेपाली महको महìव अग्रणी मानिन्छ ।


अमलपित्तको रोगमा
फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जानेछ ।
दमको रोगमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहानरबेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।
रुघा, खोकी लागेमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।
टंसिल भएमा
टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।
शूल भएमा , धेरै दीसा लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १्१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३्४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
अल्काई भएमा
एक चिम्टी मरिचको धूलो आधा चम्चा जीराको धूलो, एक चम्चा महमा फिटेर बिहान–बेलुका केही दिन खान दिएमा पनि अल्काई ठीक हुँदै जान्छ ।
घाँटी बसेमा
एक ग्लास पानीमा एक चम्चा मह हालेर गारगल गरेमा बसेको घाँटी ठीक हुन्छ र स्वर खुल्छ ।
भोक जगाउन
१ डाडु भाङको गेडाको धूलोमा १ चम्चा मरिचको धूलो मिसाउने र बिहान खाली पेटमा १ चम्चा महसँग फिटेर खाने गर्नुहास्, भोक राम्ररी जाग्नेछ ।
खोकी लागेमा
दतिउनको पन्चाङ्गको खरानी एक चम्चामा एक मह मिसाएर बिहानबेलुका खाने गरेमा खोकी लागेको ठीक हुन्छ ।
कफ जमेर गाह्रो भएमा
फुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा महमा फिटेर दिनको ३–४ पटक चाट्ने गरेमा केही दिनमै ठीक हुन्छ ।
स्त्रीको मासिक धर्म रोकिएमा
बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहानरबेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ