भारतको चार्टड एकाउन्टेन्सीमा १८ लाख विद्यार्थीलाई पछि पार्दै प्रथम बने नेपाली युवक प्रणव प्रतिक

एक सामान्य कस्मेटिक व्यापारीका छोरा प्रणवले परीक्षा दिएका कुल विद्यार्थी मध्ये जम्मा ४५ विद्यार्थी उतीर्ण हुँदा पनि भारतभरमै प्रथम भएर ईतिहास रच्ने पहिलो विद्यार्थी बनेका हुन् । अहिले उनले हाँसिल गरेको सफलताले उनी मात्र होइन नेपाललाई नै भारतभरका सिए विद्यार्थी माँझ चिनाएको छ ।

सन् २०१४ मा संचालित सिए अध्ययनको पहिलो तह ‘सिपिटि’ मा भारतभरका विद्यार्थीहरुलाई उछिन्दै पहिलो स्थानमा आएका उनी त्यति बेलानै आफुलाई र पूरै नेपाललाई भारतभरका सिए विद्यार्थीमाँझ चिनाईसकेका छन् ।

भारतीय बोर्डबाट सिए अध्ययन गरेका उनले सिएको सबैभन्दा गाह्रो तह मानिने सिएको दोश्रो तह ‘आइपीसी’ मा पनि भारत भरमै पहिलो भएर अर्को ईतिहास रचेका छन् ।

परीक्षा दिएका झन्डै १८ लाख विद्यार्थीलाई पछी पार्दै उनी प्रथम भएका हुन् । नेपाली सिए क्षेत्रको ईतिहासमै पहिलो पटक उनले यस्तो सफलता हाँसिल गरेपछि अहिले नेपालमा मात्र होइन, उक्त परीक्षा संचालन भएका कतार, युएई लगायतका विभिन्न मुलुकमा पनि उनी र नेपालको चर्चा हुन थालेको छ ।