६० हजार नेपाली रहेको देशमा यस्तो ! नेपाली दुताबासलाई त्यहाँको सरकारले नै दियो चेतावनीः नेपाली कार्यक्रम नगर पढ्नुस् दुताबासको विज्ञप्ति!!!



कुवेत सरकारले नेपालीहरुले सार्वजनिक कार्यक्रममा हिंसात्मक गतिविधी गरेको भन्दै नेपालीका कार्यक्रम गर्न रोक लगाएको छ । नेपाली दुताबासलाई कुवेत सरकारले यस्तो आग्रह गरेको हो ।

नेपालीले गरेका कार्यक्रममा भएको गतिविधीले कुबेतको शान्ति सुरक्षामा खलल पुगेको भन्दै कुबेत सरकारले नेपालीको कार्यक्रम गर्न प्रतिबन्ध लगाएको हो ।

यसैबीच कुवेतस्थि नेपाली दुताबासले एक विज्ञप्ति प्रकाशित गर्दै नेपालीका कार्यक्रममाले असहज भएको भन्दै कुबेत सरकारले यस्ता कार्यक्रमलाई अबिलम्ब रोक्न अनुरोध गरेको जानकारी दिएको छ ।

  नेपाली दुताबासले अटेर गर्दै कार्यक्रम गरे कुबेतको कानुनअनुसार कारबाही हुने भन्दै नेपाली समुदायलाई सचेत बनाएको छ ।

गत साता मात्र नेपालीहरुले ल्होछार मनाउन आयोजित कार्य्रक्रममा नेपालीबीच घरेलु हतियार हानाहान भएको थियो । कुबेतमा झन्डै ६० हजार नेपाली कार्यरत छन् ।