कांग्रेस महाधिवेसनको क्रममा सुजाताको ठुलो खुलासा। व्यापक पैसा र गुण्डा परिचालन गरियो, सुजाताले खुलाइन ठुला नेताको नाम

महाधिवेशन प्रतिनिधी आफ्नो पक्षको पार्न व्यापक गुण्डा परिचालन र पैसा वितरण गरिएको भन्दै कांग्रेस नेतृ सुजाता कोइरालाले आपत्ति जनाएकी छन् ।

संस्थापन पक्ष र शेरबहादुर देउवा पक्ष दुवैले महाधिवेशन प्रतिनिधी आफ्ना मान्छे ल्याउन धरान, मोरङ, सुनसरी लगायत धेरै ठाउँमा गुण्डा परिचालन र पैसा बाडेको नेतृ कोइरालाले जानकारी दिइन् ।

‘जताततै गुण्डा परिचालन गरिएको छ, पैसा बाँडिएको छ, यत्रो पैसा कहाँबाट ल्याएका हुन्, मलाई थाहा छैन’ उनले भनिन् ।

शुक्रबार ५४ जिल्लाको १ सय ९० क्षेत्रमा क्षेत्रीय अधिवेशन शुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नेपाल समाचारपत्रमा खबर छ